आज :

भारी बर्षासँगै बाह्रबिसेमा पहिरो, दुई जनाको ज्यान गयो, १८ जनालाई बगायो

काठमाडौँ । अबिरल बर्षासँगै आएको बाढी-पहिरोका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा दुई जनाको ज्यान गएको छ । गएराति ११ बजेबाट आएको बाढीले १८ जना बगाएको छ । भोटेकोशो र ठाडोखोलाको जलाधार क्षेत्रमा भारी बर्षासँगै बाढी आएको हो ।

भोटेकोशी र ठाडोखोलामा आएको बाढीले ठूलो क्षति पुगेको बाह्रबिसे नगरपालिकाको खाटचौर भन्ने स्थानमा अरनिको राजमार्गको पक्की पुल समेत बगाएको स्थानीयले बताएका छन् ।

रातिबाट परेको बर्षासँगै विहानतिर मानव बस्तीमा प्रवेश गरेको बताइएको छ । बाढीले जम्बो भन्ने स्थानमा आएको बाढीले ८ भन्दा बढी घर बगाएको छ । रातिको समय भएकोले मानव क्षति बढी भएको हो ।

हराएकाहरुको स्थानीयले खोजीकार्य गरिरहेको छ । बाटो अवरुद्ध भएका कारण प्रहरी घटनास्थलसम्म पुग्न सकेको छैन । स्थानीयको लाखौंको क्षति भएको बताइएपनि एकिन विवरण आउन सकेको छैन । मौसमविदले चारदिनसम्म भारी वर्षा हुने सम्भावना रहेको भन्दै सतर्क रहन समेत भनेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal