आज :

प्रदेश नम्बर १ पनि संक्रमित भन्दा कोरोना जित्नेको संख्या बढ्दै, अब १७५ जना मात्रै संक्रमित

काठमाडौँ । नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमणसँगै निको हुनेको संख्या पनि बढिरहेको छ । दुई दिनयता दैनिक संक्रमित भन्दा निको हुने धेरै छन् । बुधबार देशभरीको विवरणमा दुई जना मात्रै संक्रमित धेरै छन् भने कर्णाली प्रदशमा संक्रमित भन्दा निको हुने धेरै छन् ।

त्यसैगरी बुधबार प्रदेश नम्बर १ को सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको विवणअनुसार संक्रमित भन्दा निको हुने धेरै छन् । बुधबार प्रदेश १ मा थप १७ जना कोरोना संक्रमित छन् । मोरङमा ३, झापामा ७, सुनसरी, इलाम र ताप्लेजुङमा २–२ जना र तेह्रथुममा १ जनामा संक्रमण देखिएको हो ।

मोरङको लेटाङ नगरपालिकामा एक जना पुरुष र धनपालथानमा २ जना पुरुष, झापाको मेचीनगरमा एक जना महिला, ४ जना पुरुष, विर्तामोड र हल्दिबारीमा १द्द१ जना पुरुष, सुनसरीको इटहरीका २ जना पुरुष, तेह्रथुमको लालीगुराँसमा एक जना पुरुष, ताप्लेजुङको फुङलिङमा एक जना महिला र एक जना पुरुष, इलामको सन्दकपुरमा २ जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २ पुगेको छ ।

त्यसैगरी बुधबार नै प्रदेश नम्बर १ बाट झापा, मोरङ, सुनसरी र इलामका गरी ४९ जना निको भएर घर फर्र्किएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १४ र पूर्वाञ्चल विश्वविद्यालय कोभिड अस्पतालबाट ३५ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएर घर फर्किनेमा ३९ जना पुरुष र १० जना महिला छन् ।

बुधबार ४९ जनाले कोरोना जितेसँगै प्रदेश १ बाट निको हुनेको संख्या ५ सय २७ पुगेको छ । अब प्रदेश नम्बर १७५ जना मात्रै संक्रमित रहेका छन् ।

बुधबार थप २५५ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसँगै न‍ेपालमा संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । त्यस्तै, बुधबार नै थप २५३ जनाले कोरोनासँग जितेर घर फर्केका थिए । योसँगै देशभरबाट ७ हजार ७५२ जनाको उपचारपछि घर फर्केका छन् ।

  • फाइल फोट

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal