आज :

बुधबार थप २५५ जनामा कोरोना संक्रमण पुष्टि, २५३ जनाले जितेर घर फर्के

काठमाडौं । नेपालमा थप २५५ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप संक्रमित भेटिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप संक्रमितसँगै संक्रमितको संख्या १६ हजार ४२३ पुगेको जानकारी दिए ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप २५३ जनाले कोरोनासँग जितेर घर फर्केका छन् । योसँगै देशभरबाट ७ हजार ७५२ जनाको उपचारपछि घर फर्केका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ४७ दशमलव २ प्रतिशत संक्रमितको संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

हालसम्म देशभरका क्वरेन्टिनमा २५ हजार २० जना रहेका छन् भने ८ हजार ६३६ जना कोरोना संक्रमित आइसोलेसनमा छन् । हालसम्म देशभर दुई लाख ६१ हजार ८६१ जनाको पीसीआर परीक्षण गरिएको छ । त्यसैगरी तीन लाख १२ हजार ४०२ जनाको आरडीटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ६९६ पीसीआर परीक्षण गरिएको छ ।

प्रवक्ता गौतमका अनुसार काठमाडौं उपत्यकामा थप २३ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप संक्रमित भेटिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ६ जना र पाटन अस्पतालको प्रयोगशालामा १० जना गरी कुल १६ जनामा काठमाडौंमा देखिएको गौतमले जानकारी दिए । त्यस्तै, पाटन अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

त्यसैगरी थप एक जिल्ला कोरोनामु्क्त भएको छ । योसँगै कोरोनामुक्त हुने जिल्लाको संख्या ५ पुगेको हो । प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला कोरोनामुक्त भएका छन् ।

त्यसैगरी कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भएको परीक्षणबाट थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका १३ जना, दैलेखका पाँचजना र मुगुका दुईजना रहेका छन् ।सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडानम्बर ४, ६, ७, ९, १०, १२ का चारजना महिलासहित ११ जना र बराहताल गाउँपालिका र लेकबेसी नगरपालिकाका एक/एकजना पुरुष रहेका छन् ।

दैलेखको नौमुले गाउँपालिका वडानम्बर १ र ६ का तीनजना पुरुष र दुल्लु नगरपालिका वडानम्बर ४ र १२ का दुईजना पुरुष रहेका छन् ।दुईजना युवक भने मुगुको खत्याड गाउँपालिका-७ का हुन् । यससँग कर्णालीमा कोरोना संक्रमितको संख्या १५५० पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal