आज :

यी हुन् कोरोनामुक्त भएका नेपालका चार जिल्ला

काठमाडौँ । नेपालका कोरोना भाइरसको संक्रमण केही दिनदेखि घट्दै गइरहेको छ । पछिल्ला दिनका विवरणहरुलाई तुलना गर्दा कोरोना ओरालोतिर लाग्ने देखिएको छ । तर, बुधबारको विवरण आउन बाँकी छ ।

त्यसैगरी नेपालका चार जिल्ला कोरोनामुक्त भएका छन् । कोरोनाको संक्रमण ७७ वटै जिल्लामा पुगेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार नेपालका चारवटा जिल्ला कोरोनामुक्त भएका छन् ।

कोरोनाबाट हुम्ला, तेह्रथुम, सोलुखुम्बु र भोजपुर मुक्त भएका छन् । हुम्लाका दुई पुरुषमा कोरोना संक्रमित भएका थिए । दुबै जना निको भएर घर फर्किसकेका छन् ।

त्यसैगरी तेह्रथुममा ५ ना कोरोनाा पोजेटिभ भेटिएका थिए । उनीहरु सबैलाई कोरोना कारण उनी कोरोनामुक्त भएसँगै जिल्ला नै कोरोनाको ग्रिन जोनमा परेको छ । सोलुखुम्बुमा अन्य जिल्लाको कोरोनाबाट सुरक्षित जिल्ला हो । अहिलेसम्म एक जनालाई कोरोना भाइस भोजुपरमा ६ जनामा कोरोना संक्रमण देखिएको थियो । उनीहरु सबै निको भउर घर फर्किसकेका छन् ।

स्वास्थ्य मन्त्रालय मंगलबार सार्वजनिक गरेको विवरणअनुसार संक्रमित भन्दा निको हुनेको संख्या धेरै देखिएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २०४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको जनाएको थियो । सोही क्रममा थप ६ सय ८८ जनाले कोरोना जितेर घर फर्केका जानकारी दिइएको थियो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा परीक्षणलाई बढाइएको छ । तर अघिल्ला दिनको तुलनामा मंगलबार संक्रमितको दर घटेको देखिएको छ । प्रवक्ता गौतमले दिएको जानकारीअनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट ६ सय ८८ जनाले कोरोनासँग जितेर घर फर्केका छन् । योसँगै कोरोना जित्नेको संख्या ७ हजार ४९९ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३३ नमुना परीक्षण गरिएको थियो । केही दिनभन्दा आज परीक्षण पनि बढि भएको तर संक्रमण कम भएको देखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal