आज :

नेपालमा कोरोना संक्रमित भन्दा निको हुने धेरै, मंगलबार २०४ संक्रमित हुँदा ६८८ जनाले जिते

काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमित हुने भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २०४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप संक्रमित भेटिएका हुन् । त्यस्तै पछिल्लो २४ घण्टामा निको हुनेको संख्या भनेको तेब्बर भन्दा पनि बढी छ । प्रवक्ता गौतमले दिएको जानकारीअनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट ६ सय ८८ जनाले कोरोनासँग जितेर घर फर्केका छन् । योसँगै कोरोना जित्नेको संख्या ७ हजार ४९९ पुगेको छ ।

मंगलबारसम्म आइपुग्दा कोरोना संक्रमण दर घटेको छ । पछिल्लो एक हप्ताको विवरण हेर्दा संक्रमण दर घट्दै गएको छ । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १३३ नमुना परीक्षण गरिएको थियो । केही दिनभन्दा आज परीक्षण पनि बढि भएको तर संक्रमण कम भएको देखिएको छ ।

असार १७ गते ४ हजार ८८६ नमुना परीक्षण गर्दा सबैभन्दा धेरै ७४० जनामा संक्रमण पुष्टि भएको थियो । असार २३ गतेसम्म आउँदा संक्रमण दर घट्दै गएको छ । असार १७ गते संक्रमण दर १६.५ प्रतिशत पुगेको थियो भने आज आइपुग्दा संक्रमणको दर घटेर ३.३ मा आइपुगेको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

प्रवक्ता गौतमका अनुसार मंगलबार सबैभन्दा धेरै बाजुरामा ५४ जना संक्रमित भेटिएका छन् । त्यस्तै, काठमाडौंमा १४ जना, अछाम र बैतडीमा ११–११ जना, ललितपुरमा १०, महोत्तरीमा ९, धनुषा र अर्घाखाँचीका ८, डोटीका ७, मोरङ र डडेलधुराका ६–६ जना, रुकुम पश्चिम, नवलपुर र सल्यानका ५–५ जना, सप्तरीका ४ जना, सुनसरी, गोरखा, मकवानपुर, दाङ, सुर्खेत, र सर्लाहीका ३–३ जना, तनहुँ, पाल्पा र बर्दियाका २–२ जना, झापा, सिन्धुली, सिन्धुपाल्चोक, धादिङ, भक्तपुर, कास्की, लमजुङ, नुवाकोट, पर्सा, रामेछाप, रुपन्देही, बागलुङ, कविलवस्तु, नपलपरासी र रुकुम पूर्वका एकएक जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यसैबीच चार जिल्ला कोरोनामुक्त भएका छन् । प्रवक्ता डा. गौतमका अनुसार तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला कोरोना मुक्त भएका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal