आज :

बझाङको मल्लेसिमा पहिरो जाँदा ठूलो जनधनको क्षति, उद्दार कार्य जारी

धनगढी । अविरल बर्षाका कारण बझाङमा पहिरोमा परी ठूलो धनजनको क्षति भएको छ । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसिमा शुक्रबार राति पहिरो गएको हो । बस्तीबाट आएको पहिरोले १७ घर बगाएको स्थानीयले बताएका छन् ।

स्थानीयका अनुसार पहिरो बेपत्ता भएका दुई बालकको शव फेला परेको छ । तर पहिचान खुल्न सकेको छैन । त्यसैगरी पहिरोमा परी अन्य पाँच जना बेपत्ता भएका छन् । उनीहरुको गाउँहरुले खोजीकार्य भइरहेको छ ।

पानीले खोला बढेका कारण यो समाचार तयार पार्दासम्म प्रहरी घटनास्थल पुग्न सकेको छैन । केदारस्युँ गाउँपालिका वडा नम्वर ८ र ९ मा गण्डकी गाडले ठूलो क्षति गरेको छ ।

स्थानीयका अनुसार रातभरको पानी सँगै आएको पहिरोले केदारस्युँ ८ मा रहेको गण्डकी बजार पूर्णरूपमा विस्थापित भएको छ । एउटा मोबाइल पसल र एउटा खाद्यान्न पसल पनि बगाएको छ । दर्जनौं पानी घट्ट बगेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal