आज :

खुशीको खबरः कर्णालीमा कोरोना संक्रमण घट्दो, विहीबार ६ जना संक्रमित हुँदा ४९ जनाले जिते

सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमण घट्दो अवस्थामा पुगेको छ । भारतबाट नागरिक घर फर्केसँगै संक्रमितको संख्या ह्वात्तै बढेको थियो । तर,विहीबार आउँदासम्म संक्रमितको भन्दा निको हुनेको संख्या बढी रहेको छ ।

स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर तिवारीका अनुसार पछिल्लो २४ घण्टामा कर्णालीमा थप ४९ जना डिस्चार्ज भएका छन् । जबकी संक्रमितको संख्या ६ मात्रै छ । विभिन्न मितिमा गरी कर्णालीमा १ हजार १२७ पुगेको छ भने ६ जनाको ज्यान गएको छ । त्यस्तै कर्णालीमा ३ सय ४१ जना मात्रै अब आइसोलेसनमा रहेका छन् ।

भेरी अस्पताल नेपालगञ्ज बाँके र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पीसीआर परीक्षणमा सुर्खेतका ३ जना, दैलेख, कालीकोट र स्याङजाका एक–एक जनामा कोरोना पोजेटिभ देखिएको विहीबार महाशाखा प्रमुख तिवारीले जानकारी दिए ।

सुर्खेतको वीरेन्ऽनगर नगरपालिका वडा नं. ३, ४ र ८ का एक महिलासहित तीन जना, दैलेखको महाबु गाउँपालिका, कालीकोटको पलाँता गाउँपालिका र स्याङजाको वालिङ नगरपालिकाका एकएक जना पुरुष रहेका छन । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १ हजार ४७४ पुगेको छ ।

यसैबीच आजै देशभर थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विहीबार काठमाडौँ उपत्यकामा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुरका २, भक्तपुरका २ र काठमाडौंमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित प्रेस ब्रिफिङमा विभिन्न जिल्लामा गरी १०९ महिला र ३६४ पुरुष गरी थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको कूल संख्या १४ हजार ५१९ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३७ पीसीआर परीक्षण भएको छ । हाल सम्म कुल २ लाख ३७ हजार ७ सय ६४ पीसीआर परिक्षण भएको छ ।

त्यसैगरी कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । विहीबार थप एकजनाको कोरोनाबाट ज्यान गएको पुष्टि भएको छ । म्याग्दीका कोरोना संक्रमित एक शिशुको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal