
काठमाडौँ । नेपालमा थप ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टा काठमाडौँ उत्यकामा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका १२ जना, भक्तपुरका १ र ललितपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७१ महिला र २४५ जनमा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा नेपालमा संक्रमितको संख्या १३ हजार ५६४ पु्गेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ६० जनाले कोरोनासँग जितेर घर फर्केका छन् । जसमा जसमा ९ महिला र ५१ पुरुष गरी ६० जना रहेका छन् । अब निको हुनेको संख्या ३ हजार १९४ जना पुगेको छ ।
सरकारले पीसीआर परीक्षण बढाउने भनेपनि पहिले भन्दा घटेको छ । प्रवक्ता डा. गौतमका अनुसार पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएको छ ।
यस्तै आरडिटी विधिबाट आजसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा ५३ हजार ७० जना रहेका छन् । देशका विभिन्न अस्पतालमा १० हजार ३ सय ४१ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।
उता सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ५३१ पुगेको छ । मंगलबार थप ९६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै यो संख्या पुगेको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, पाटन अस्पताल, वीर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढीस्थित प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा थप ९६ जनामा संक्रमण देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार अछामका सात महिला र २० पुरुष गरी २७ जना र बाजुराका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा मंगलबार बाजुराका १६ महिला र ३२ पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै, पाटन अस्पतालमा डडेल्धुराका एक पुरुषमा कोरोना पुष्टि भएको छ ।
वीर अस्पतालमा डोटीका एक महिला र १४ पुरुष गरी १५ जना, बैतडीका एक पुरुष र अछामका एक महिलामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो ।
यता, धनगढीमा गरिएको परीक्षणमा मंगलबार थप दुईजनामा कोरोना पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका धनगढी उपमहानगरपालिका–५ का ४४ वर्षीय पुरुष र अछामको रामारोशन गाउँपालिका–५ का ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । सुदूरपश्चिम प्रदेशमा ६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् भने ३८८ जना कोरोनासँग जितेर घर फर्केका छन् ।