आज :

नेपालमा थप एकजनाको कोरोनाका कारण ज्यान गयो

काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा थप एक जनाको ज्यान गएको छ । कोरोना संक्रमण भएपछि ललितपुरको सानेपास्थित स्टार अस्पतालमा उपचार गराइरहेका रौतहटका पुरुषको ज्यान गएको हो ।

ललितपुरका स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालका अनुसार कोरोना संक्रमण भएको आशंकामा स्वाब संकलन गरेर पिसीआर परीक्षण गर्दा शनिबार साँझ पोजेटिभ रिपोर्ट आएको थियो ।

उपचारमा संलग्न एक चिकित्सक, दुई स्टाफ नर्स र एक जना सहयोगीलाई क्वारेन्टिनमा राखिएको अस्पतालले जनाएको छ । बिरामीका चार जना आफन्तलाई समेत अस्पतालकै आइसोलेसनमा राखिएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २९ पुगेको छ । यद्यपी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक पुष्टि गरेको छैन् ।

आजमात्रै विश्वभर कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाउनेको संख्या पाँच लाख नाघेको छ । सबैभन्दा अमेरिका त्यसपछि ब्राजिल र तेस्रोमा बेलायतमा सबैभन्दा बढी ज्यान गुमाउने सूचीमा छन् ।

सोमबार विहानसम्म अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पाँच लाख एक हजार २८१ पुगेको छ । अमेरिकामा अहिलेसम्म एक लाख २५ हजार ८०३ जनाको मृत्यु भइसकेको छ भने ब्राजिलमा पनि मृत्यु हुनेको संख्या ५७ हजार ६२२ पुगेको छ ।

त्यसैगरी बेलायतमा पनि ४३ हजार ६३४३ जनाको मृत्यु भइसकेको छ । इटालीमा पनि मृत्यु हुनेको संख्या ३४ हजार ७३८ पुगेको छ । फ्रान्समा पनि कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ हजार ७८१ पुगेको छ ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पनि एक करोड एक लाख १७ हजार ७०० पुगेको छ । त्यस्तै अहिलेसम्म ५१ लाख ४० हजार ८९९ जना संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal