आज :

नयाँ नक्सासहित निशान छापको लागि संविधान संशोधन विधेयक पारित हुँदै

काठमाडौं । सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक पारित हुँदैछ । त्यसको लागि संघीय संसदको प्रतिनिधिसभाको बैठक सुरु भएको छ ।

नयाँ नक्सासहित संविधानको अनुसूचीमा रहेको निशान छाप संशोधनको लागि संविधान संशोधन विधेयक दर्ता गरेको थियो । सोही विधेयकलाई पारित गर्न आजको बैठक आह्वान गरिएको हो ।

समाजवादी पार्टीकी नेतृ सरिता गिरीले संविधान संशोधन प्रस्ताव खारेज गर्न समाजवादी पार्टीकी सांसद सरिता गिरीले दर्ता गराएको प्रस्तामा छलफल समेत नुहने भएको छ ।

भारतले अतिक्रमण गरेका लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नयाँ नक्साअनुसार संविधानको अनुसूची संशोधन गर्न सरकारले पेश गरेको संशोधन विधेयक खारेज गर्न सांसद गिरीले संशोधन दर्ता गरेकी थिइन् । उनकै पार्टीले संशोधन फिर्ता लिन निर्देशन दिएको थियो तर अहिलेसम्म गिरीले फिर्ता लिएकी छैनन् । उनले पार्टीको निर्देशन नमान्ने बताएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal