आज :

कर्णालीमा पनि कोरोनामाथि जित सुरु, ७ जना निको भई घर फर्के

सुर्खेत । केहि समय अगाडीसम्म कर्णाली प्रदेशमा कोरोना नदेखिए पनि अहिले यो रोग गाउँगाउँसम्म पुग्न थालेको छ । शुक्रबारसम्म ४ सय ८९ जनामा संक्रमण पुष्टि भएसँगै ७ जनाले पहिलो पटक कोरोनामाथि जित प्राप्त गरेर घर फर्किएका छन् ।
लामो समयदेखि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गर्दै आएका उनिहरुलाई अस्पताल परिसरमै पुगेर सामाजिक विकास मन्त्री दल रावलले बधाई दिएका थिए ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतको कोभिड–१९ उपचार केन्द्रमा रहेका ६ पुरुष र एक महिला संक्रमित पूर्णरुपले निको भएपछि घर पठाइएको छ । सञ्चारकर्मीसँग निको भएका युवा–युवतीले अनुभूति साट्दै, अरु उपचाररथ सम्पूर्ण संक्रमितहरुलाई नआत्तिन र आत्मबल दरो बनाउन सल्लाह दिएका थिए । कोरोना मुक्त भएका युवा–युवतीहरुलाई बिदाई गरेका मन्त्री रावलले अनलाईन डबलीसँग कुरा गर्दै, निको भएकाहरुको अत्मबल हेर्दा कोरोना विरुद्धको लाडाई जित्न सकिन्छ भन्ने विश्वास बलियो भएको धारणा व्यक्त गरे ।

प्रदेश अस्पताल सुर्खेतका अनुसार दैलेखका एक, सुर्खेतका ५ जना र एक जना परिचय नखुलेकी महिला गरी ७ जना डिस्चार्ज भएर घर फर्केका हुन् । उनका अनुसार तीमध्ये एक जना दैलेख महाबु गाउँपालिका र अरु सबै सुर्खेतका हुन् । जसमा वीरेन्द्रनगर नगरपालिका १ का १६ वर्षीय, वडा ३ तातापानीका २६ वर्षीय, वडा ८ का १७ वर्षीय, वडा ९ लाटीकोइलीका ११ वर्षीय, वडा ४ का ३७ वर्षीय र दैलेख महाबु गाउँपालिका १ का २६ वर्षीय छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal