
काठमाडौं । संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरिएको छ । सरकारले शुक्रबार मन्त्रिपरिषद् बैठकलगत्तै संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको हो । शुक्रबार दिउँसो ३ बजे कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् ।
त्यसअघि बसेको मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाा नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।
सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको निशान छाप संशोधनको लागि संविधान संशोधन गर्ने निर्णय गरेको हो ।
संविधानको अनुसूची–३ मा मा रहेको निशान छाप संशोधनको लागि लागि संविधान संशोधन गर्न लागिएको हो । लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सासहितको निशान छाप बनाउन संविधान संशोधन गर्न लागिएको हो ।
भारतले अतिक्रमण गरेको भूमिसहितको नयाँ नक्सा सरकारले बुधबार सार्वजनिक गरिसकेको छ ।
संविधान संशोधन विधेयक दर्ता भएसँगै अब नयाँ नक्सासहितको निशान छाप बन्ने पक्का भएको छ । यसले संविधानमै नयाँ नक्सा समावेश हुने भएको छ । अब सरकार जुनसुकै भएपनि संविधानअनुसार अतिक्रमित भूमि फिर्ता गर्नु दायित्व हुनेछ ।