
नेपालगंज । बाँकेमा ७ बर्षीय बालिकासहित २१ जनाले कोरोनासँग जितेका छन् । कोरोनामुक्त भएपछि उनीहरुलाई शुक्रबार बाँकेको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालबाट डिस्चार्ज गरिएमा उपचार गराइरहेका २१ जनालाई शुक्रबार बिहान डिस्चार्ज गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिका–८ का ६० वर्षका धर्मगुरु पनि छन् । आइसोलेसनमा उपचार गराइरहेका २८ जनामध्ये २१ जनामा पछिल्लो २४ घण्टाभित्र दुईपटक गरिएको पीसीआर टेस्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका प्रमुख डा. प्रकाश थापाले जानकारी दिए । बाँकी ७ जनाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको थापाले बताए ।
अस्पतालमा बाँके र बर्दियाका २८ जनाले उपचार गराइरहेका छन् । कोरोना पोजेटिभ देखिँदैमा आत्तिनुनपर्ने र मनोबल उच्च बनाएमा कोरोनालाई जित्न सकिने डा. थापाले बताए ।