आज :

पत्रकार महासंघका कार्यसमिति सदस्यसहित दुई जना पत्रकारमा कोरोना संक्रमण

बुटवल । कपिलवस्तुमा पहिलो पटक पत्रकारलाई कोरोना संक्रमण भएको छ । शुक्रबार विहान जिल्लामा दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेका ९ जनामध्ये दुई जना पत्रकार भएको खुलेको हो । उनीहरु कपिलवस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षका र अर्का वाणगंगा नगरपालिका वडा नं. ८ का २४ वर्षका पुरुष हुन् ।

दुईमध्ये एकजना नेपाल महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य समेत हुन् । उनी एक अनलाइनका संचालक पनि हुन् । त्यस्तै वाणगंगा नगर२४ वर्षीय पत्रकार बुद्ध आवाज टेलिभिजनमा कार्यरत छन् ।

पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिला भुसालका अनुसार दुवै पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मी उनीहरूको सम्पर्कमा पुगिसकेका छन् ।

योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal