
काठमाडौं । अमेरिकालाई कोरोनाले थिलोथिलो पारेको छ । यही बीचमा सम्पन्न अमेरिकाको गायन रियालिटी शो सम्पन्न भएको छ कोरोना आतंकबीच सम्पन्न शो को उपविजेता नेपाली युवा दिवेश पोखरेल ‘अर्थर गन’ भएका छन् ।
विजेता भन्ने आपेक्षा गरिएपनि अन्तिममा पोखरेलले उपविजेतामै चित्त बुझाउन बाध्य भए । अमेरिकीहरुको समेत अनुमानलाई चक्मा दिँदै जस्ट सामले आइडलको उपाधि हात पारेका छन् ।
आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेशलाई टप २ मा पुगेपछि आपेक्षाकृत भोट आएन । तर दिवेश अमेरिकन आइडलको उपविजेता बन्ने उनी पहिलो नेपाली हुन् ।