
काठमाडौँ । नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयकाअनुसार धनकुटाकी ३४ वर्षीय महिला र विराटनगरका ३६ र २९ वर्षका पुरुषमा कोरोना संक्रमण भएको हो ।
योसँगै नेपालमा संक्रमितको संख्या २९५ पुगेको छ भने प्रदेश नं १ मात्र ३९ व्यक्तिमा कोरोना संक्रमण भएको छ ।