आज :

वडाअध्यक्ष लामा भन्छन्– बरु मर्न तयार छु तर सीमानामा काँडेतार लगाउने काम पूरा गरि छोड्छु

काठमाडौँ । कोरोनाको संकटबीच नेपालमा सीमामा अतिक्रमण र सीमा विवाद पनि चर्चा छ । भारतले लिपुलेक क्षेत्रमा नेपालीभूमि अतिक्रमण गरी बनाएको सडकका उद्घाटन गरेसँगै नेपालमा कोरोना कहरबीच सीमा अतिक्रमणको विरोध भइरहेको छ ।

नेपालभूमि अतिक्रमितको देशभर विरोध हुँदै सीमामा काँडे तारबार लगाउनुपर्ने माग बढिरेको बेला पर्सा जिल्लाको ठोरी गाउँपालिकाका जनप्रतिनिधिहरुले नेपाल भारत सीमामा तारबार लगाएको सार्वजनिक भएको छ । वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर लामाको अगुवाईमा काँडेतार लगाएको हो । लामा समयदेखिको सीमा विवाद रहेको उक्त वडाको करिब ५ किलोमिटर जमिनमा काँडेतार लगाइएको छ ।

यो नेपाल भारत सीमामा लगाइएको पहिलो काँडेतार हो । यो कार्यलाई सबैले लागि धन्यवाद तथा बधाई वडा नम्बर ३ मा पर्ने नेपाल–भारत पाँच किलोमिटर लामा सीमामा तारबार लगाएको हो ।

तर, एक हप्ताअघि भारतीय सुरक्षाकर्मीले तारबार लगाउन अवरोध गरेको भन्दै जसरी पनि पूरा गर्ने प्रतिवद्धता जाहेर गरेको भिडियो भाइरल भएको छ । अध्यक्ष लामाले सुरुमा आफूले दुबै देशका सुरक्षाकर्मीहरुसँग छलफल गरेरै तारबार लगाएको तर काम सकिन लाग्दा अवरोध गरेको भन्दै विरोध जनाएका छन् ।

लामाले नेपालको जमिनको रक्षा, जनताको सुरक्षाको लागि काँडेतार लगाइएको बताए । उनले भारतबाट आउने जंगली जनावरबाट नेपाली किसानको बाली बचाउन काँडेतार लगाएको समेत बताए । विगत लामा समयदेखि सीमा क्षेत्रमा भारतीय दुव्र्यवहार, भारतबाट हुने चोरी, तस्करीमा समेत कमी आएको लामाले बताए ।

वडाअध्यक्ष लामाले अन्तर्राष्ट्रिय नियमअनुसार दशगजा क्षेलाई छोडेर तारबार लगाइएको बताए । आफ्नो भूमिमा तारबार लगाउँदा समेत भारतले अवरोध गरेको भन्दै विरोध जनाएका छन् । आफूले गलत काम गरेको भए सजय भोग्न तयार रहेको तर काँडेतारबार लगाएरै छोड्ने लामा बताउँछन् ।

“भारतले तारबार नलाउ भनेर अवरोध गरेको छ । किन नलागउने ? अन्तर्राष्ट्रिय नियम विपरित मैले काम गरेको छु भने मलाई सजाय दिनुस् । हामीले दशगजा छोडेर तारबार लगाएका छौं” लामाले भने ।
ठूला माछाले सानो माछा खाएझैं भारतले नेपालीभूमि मिच्दै आएको बताउँदै लामाले बरु मर्न तयार तर काँडेतार लगाएरै छोड्ने समेत बताए । तर, नेपाल सरकारले नलगा भने रोक्ने उनले बताए ।

“ठूलो माछाले साना माछालाई खान्छ भनेजस्तै भएको छ । तारबार जसरी पनि लगाएर छोडुछु बाँकी कुरा मैले केही थाहा पाएको छैन । नेपाल सरकारले नलगा भन्छ भने म लगाउँदिन तर हाम्रो भूमि रक्षाको लागि, जनताको रक्षाको लागि र जनताको बालीको रक्षाको लागि तारबार लगाएरै छोड्छ् बरु मर्न तयार छु” वडाअध्यक्ष लामाले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal