
काठमाडौँ । नेपाली सेनाका पृतनापतिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । महोत्तरीको सदरमुकाम जलेश्वरस्थित मध्य पृतनाका पृतनापतिलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
मोहत्तरीका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्रीले पृतनापतिलाई नै कोरोना संक्रमण भएको पुष्टि गर्दै उपचारको लागि काठमाडौँ पठाएको संचारमाध्यमलाई जानकारी दिए । उनीसँगै सेनाका चिकित्सकलाई पनि थप उपचारको लागि काठमाडौँ पठाइएको छ ।
पृतनापतिलाई नै कोरोना संक्रमण भएपति पूरै पृतना सिल गरिएको छ । करिब २ हजारको संख्यामा रहेको नेपाली सेनाको उक्त पृतना पूरै सिल गरिएको छ ।
सेनालाई सामाजिक दूरी कायम गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले आग्रह गरेको छ । पृतनापति नेपालमा कोरोना संक्रमण हुने सबैभन्दा उच्च अधिकारी हुन् ।
कसरी पृतनापतिलाई कोरोना संक्रमण भयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।