आज :

चन्द्रागिरी नगरपालिकाका मेयर भन्छन्- सरकारले लकडाउन खुकुलो बनाएपछि कोरोना फैलियो

काठमाडौं । चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्यम गिरीले लकडाउन खुकुलो बनाएकोले कोरोना भाइरस फैलिएको बताएका छन् । चन्द्रागिरी नगरपालिका काठमाडौँमा सबैभन्दा बढी कोरोनाबाट प्रभावित भएको छ ।

पाँच जना संक्रमित भेटिएपछि कोरोना नियन्त्रणको लागि चन्द्रगिरी सिल गरिएको प्रमुख गिरीले अनलाइन डबलीलसँग भने । कोरोनालाई नियन्त्रण गर्न सिल गर्नुको अर्को आफूसँग नभएको गिरीले बताए ।

चन्द्रागिरीसहित देशभर संक्रमण फैलिनुमा सरकारको लापरवाही तथा लकडाउन खुकुलो बनाउनुको पणिाम भएको बताए । संघीय सरकारले केहिदिन पहिले लकडाउन खुकुलो बनाउँदा हजारौंको संख्यामा मानिसहरु बाहिर–भित्र गरेको गिरीले बताए ।

काठमाडौँबाट बाहिने र भित्रिने नाकाको रुपमा रहेको चन्द्रगिरी नगरपालिकाभित्र लकडाउन खुकुलो भएको मौका छोपेर करिब १५ सयदेखि २ हजारसम्म बाहिरबाट मानिस छिरेको र उनिहरुबाटै कोरोनाको खतरा भएकोले सिल गर्नुपरेको गिरी बताउँछन् ।

“जारी लकडाउनलाई खुकुलो बनाएको मौका छोपेर बाहिरबाट करिब दुई हजार व्यक्ति नगरभित्र प्रवेश गरेका छन् । पछिल्लो पटक पाँच जनामा कोरोना देखिएपछि थप फैलिन नदिन नगर पाँच दिनलाई सिल गरेका हौं” गिरीले भने ।

शनिबार १२ बजेदेखि गरिएको सिल जेठ ७ गते विहानसम्म रहने प्रमुख गिरीले जानकारी दिए । यो अवधिमा स्वास्थ्य सेवा तथा अत्यावश्यक कार्यबाहेक सबै कुरा बन्देज गरिएको र कोही कसैले नियम उल्लङ्घन गरे कानुनअनुसार कारवाही हुने गिरीले बताए ।

नगरपालिकाले १ हजार कोरोना जाँच गर्ने किट ल्याएको र नेपालगंज, वीरगंजलगायत अति प्रभावित ठाउँबाट आएकाहरुलाई पहिला परीक्षण गर्ने जानकारी दिँदै प्रमुख गिरीले उनीहरुको खोजी भइरहेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal