आज :

विद्यार्थी आन्दोलनको गौरवपूर्ण इतिहास र जेठ १

आज जेठ १ गते विद्यार्थी एकता दिवश एवम् विजय दिवश । ऐतिहासिक आवश्यकता बोध र पहलकदमीको दिन, यो गौरवमय दिनमा सर्वप्रथम नेपाली विद्यार्थी आन्दोलनको पहिलो सहिद गंगलाल श्रेष्ठ, चिनियाकाजी श्रेष्ठ, महान दशवर्षे जनयुद्धको पहिलो सहिद दिलबहादुर रम्तेल, अखिल (क्रान्तिकारी) का तत्कालिन उपाध्यक्ष बेनोज अधिकारी, महासचिव पुर्ण पौडेल, एकिकृत जनक्रान्तिका पहिलो विद्यार्थी सहिद, संगठनका के.स. तथा सिटीइभिटी उपत्यका जिल्ला अध्यक्ष क. प्रज्जवल शाहीलगायत देशको परिवर्तनका निम्ति ज्यानको आहुती दिने सम्पूर्ण सहिदहरुप्रती उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौ । बेपत्ता, घाईते कमरेडहरुप्रति विशेष स्मरणसहित उच्च सम्मान ब्यतm गर्दछौ । यो ऐतिहासिक दिनमा सहिद वेपत्ता तथा घाइते कमरेडहरुको परिवर्तनको सपना पूरा गरी छाड्ने प्रतिवद्धता व्यक्त गर्दछौं । विद्यार्थी एकता दिवस एवम् विजय दिवसको अवसरमा समपूर्ण विद्यार्थीहरुलगायत समस्त नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछौं, खुसियाली साटासाट गर्न चाहन्छौं ।

ऐतिहासिक पृष्ठभुमी

जागरण, दवाव र प्रतिपक्षीय आन्दोलनको पर्याय विद्यार्र्थी संगठन निरंकुश राणाशासनकै बीचमा ऐतिहासिक पहलकदमीसहित संगठित भएको देखिन्छ । जनताको वाक स्वतन्त्रतामाथीको प्रतिवन्ध, जनताका छोराछोरीले निर्वाध पढ्न पाउने अधिकारमाथीको प्रतिबन्ध, राणा शासकहरुको बोली कानुन बन्ने चरम दमन र निरंकुशताको बीचमा सुरुवात भएको विद्यार्थी आन्दोलन गौरवपूर्ण छ । नेपाली विद्यार्थीे आन्दोलनको इतिहासमा सर्वप्रथम वि.सं.१९९१ सालमा भारतको बनारसमा अध्यनरत नेपाली विद्यार्थीहरुले ‘नेपाली छात्र संघ’ गठन गरे । वि. सं. १९९७ माघ १६ गते त्रिचन्द्र कलेजमा अध्ययनरत विद्यार्थी नेता नेपालको पहिलो राजनीतिक पार्टी ‘नेपाल प्रजापरिषद्’ का सदस्य गंगलाल श्रेष्ठलाई राणा शासकहरुले शोभा भगवतीमा झुण्ड्याएर फासी दिए । यसले परिवतर्नकारी युवा विद्यार्थीहरुलाई राणा शासकहरुप्रति थप आक्रोसित बनायो । वि. सं. २००१ सालमा भारतको कलकत्तामा नेपाली विद्यार्थीहरुले ‘हिमाञ्चल विद्यार्थी संघ’ गठन गरे । राणाहरुको चरम दमनकारी नीतिले राणा शासनको अन्त्य गर्नुपर्ने महशुस सबैले गरेका थिए । त्यहीबेला २००४ साल असार १ गते नेपालमा ‘जयतु संस्कृतम’नामको पहिलो संगठित विद्यार्थी आन्दोलनको सुरुवात भयो । यसको मुख्य भित्री उद्देश्य राणा शासनका विरुद्ध संगठित रुपमा संघर्ष गर्नुथियो । राणाहरुको चरम दमनका कारण बाहिरी रुपमा शिक्षामा कर्मकाण्डबाहेक इतिहास, अर्थशास्त्र, भूगोललगायतका विषयहरु समावेश गर्नुपर्ने मागहरु राखेर संघर्ष चर्काइरहेको थियो । यहि क्रममा २००४ साल मंसिर २२ गते संस्कृत छात्रवास काठमाडौंबाट राणा शासकहरुले ४३ जना बिध्यार्थीहरु निष्काशन गर्यो । विद्यार्थीहरुले चरम दमनको प्रतिरोधको निम्ति संगठित विद्यार्थी आन्दोलनको महसुस गरे । त्यही सन्दर्भमा २००६ साल असार १७ गते भुमीगत रुपमा प्रचण्डराज सिंहको नेतृत्वमा ‘अखिल नेपाल विद्यार्थी फेड्रेसन’ गठन गरियो । नेपाली विद्यार्थी अन्दोलनको इतिहासमा यो नै पहिलो संगठन बन्यो । राणा शासनका विरुद्ध नेपाली जनता र परिवर्तनकारी विद्यार्थीहरुले निर्णायक आन्दोलन गरिरहेको समयमा २००७ साल पौष २४ गते भारतको मध्यस्थतामा राजा, राणा र नेपाली कांगे्रसले त्रिपक्षिय रुपमा राष्ट्रघाती दिल्ली सम्झौता गरे । उक्त धोेकापूर्ण दिल्ली सम्झौताको अ.ने.वि.फे.ले व्यापक भण्डाफोर गर्न थाल्यो । २००८ साल कार्तिक २० गते आन्दोलनको क्रममा अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेर र गृहमन्त्री वि.पी. कोइरालाको आदेशमा विश्व निकेतन हाइस्कुलमा अध्यनरत १४ वर्षे विद्यार्थी चिनियाकाजी श्रेष्ठको काठमाडौंको भुगोलपार्कमा लगेर गोली हानी हत्या गरियो ।

वि.संं २०११ सालमा अ.ने.वि.फे.ले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन गर्यो । उपत्यकामा क्रियाशील अन्तर कलेज विद्यार्थी युनियन र अनेविफे बीच २०१३ सालमा एकता भएर ‘नेपाल राष्ट्रिय विद्यार्थी फेड्रेसन’ गठन गरियो । वि.सं. २०१९ सालममा डा. केशरजंग रायमाझी दरवारीया कम्युनिष्टमा पतन भइसकेपछी नेराविफेमा फुट आयो । नेराविफेको मुल प्रवाहले पनि क्रान्तिकारी छबिलाई बिगार्दै रुसी संशोधनवादमा फस्न पुग्यो । क्रान्तिकारी विद्यार्थीहरुले रुसी संशोधनवाद मुक्त क्रान्तिकारी विद्यार्थी संगठनको महशुस गरे । वि.सं. २०२१ साल बैशाखमा त्रिचन्द्र कलेज विद्यार्थी युनियनको सक्रियतामा उपत्यकाव्यापी अन्तर कलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । सम्मेलनले सबै राष्ट्रघाती असमान सन्धीहरु, खारेज गर्नुपर्ने, गोर्खा भर्ती केन्द्र पूर्णतः  खारेज गर्नुपर्ने स्ववियु खोल्न पाउने अधिकारको बहाली गर्नुपर्ने र बन्दी विद्यार्थीहरु निःशर्त रिहाई गर्नुपर्नेलगायतका मागहरु राखी शसक्त संघर्ष गर्ने निर्णय गर्यो । सम्मेलन भव्यताका साथ सम्पन्न भएको खुसियालीमा जेठ १ गते काठमाडौंमा विशाल जुलुश गरियो । पञ्चायती सरकारले अत्तालिएर जुलुशमाथी बर्बर दमन गर्यो । सयौं विद्याथीहरु गिरप्तार भए । कैयौं विद्यार्थी र प्रहरीहरु घाइते भए । तत्पश्चात विद्यार्थीहरु थप आन्दोलित बने । उपत्यकाव्यापी आम हड्ताल सुरु भएपछी पञ्चायती सरकार स्ववियु खोल्न पाउने अधिकार बहाली र गिरप्तार विद्याथीहर्रु रिहाईलगायतका मागहरु पूरा गर्न बाध्य भयो । यसरी वि.सं. २०१७ साल पौष १ गते राजा महेन्द्रले ‘कू’ गरिसकेपछी राजनीतिक दल र संघसंस्था खोल्न पाउने अधिकारमाथिको प्रतिबन्धका विरुद्ध विजय हासिल गरेको ऐतिहासिक दिन र उपत्यकाब्यापी बिद्यार्थीहरुको एकताको रुपमा दर्ज भएको दिनको सम्झनामा प्रत्येक वर्ष जेष्ठ १ गते एकता तथा विजय दिवसको रुपमा मनाउने गरिन्छ ।

आजको परिस्थिति र आवश्यकता

नेपाली क्रान्तिकारी युवा विद्यार्थीहरु निरंकुश राणा शासनविरुद्ध लडे, पञ्चायतकाविरुद्ध लडे, बहुदलिय व्यवस्थामा ठूलो संघर्ष गरे, २०५२ साल फागुन १ गते सुरुवात गरिएको महानु जनयुद्धमा सामेल भएर जनयुद्धको पहिलो सहिद बन्ने अबसर विद्यार्थीलाई प्राप्त भयो । नेपालमा गणतन्त्र स्थापना गर्नका लागि थुप्रै विद्यार्थीहरुले जीवनको उत्सर्ग गरे । प्रचण्ड–बाबुरामहरुको बेइमानीका कारण आज देशमा प्रतिक्रान्ति भइरहेको छ । त्यो पनि जनयुद्धको नेतृत्वकर्ता तथा सर्वमान्य नेता प्रचण्डकै नेतृत्वमा । देशमा कम्युनिष्ट नकावधारी इतिहासकै बलियो सरकार छ । १४ बर्ष जेलजिवन बिताएका ओली प्रधानमन्त्री र जनयुद्धको नेतृत्वकर्ता प्रचण्ड सरकारमा छन् । इतिहासमा थोरैलाई मात्र प्राप्त हुने अवसर जनताले उनिहरुलाई सुम्पिए, बदलामा ओली सरकार समाजवादको शब्द व्यापार गरेर नेपाली जनतामाथि उत्पिडन थोपरिरहेको छ । कोरोना कहरले विश्व प्रताडित छ । नागरिकहरुको स्थिति हरिबिजोग छ, सरकार स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अर्बौ घोटाला गर्न तम्सन्छ । चौतर्फी बिरोधपछि नेपाली सेनालाई अगाडि सारेर जालझेल र फट्याई गरिरहेको छ ।

प्रिन्टिङ मेसिन खरिद प्रकरणमा कमिसनको मोलमोलाई गर्ने ‘काभ्रेली प्रतिभा’ गोकुल बास्कोटालाई कार्बाही गर्न सक्दैन । वाइडबडि जहाजकाण्ड, यतिकाण्ड, सांसद अपहरणकाण्ड, बालुवाटार जग्गाकाण्ड, एनसेलकाण्ड सरकारकै संग्लग्नतामा भइरहेका छन् । सरकार भ्रष्टाचारीलाई कार्बाही गर्न छोडेर राहत बाड्नेहरुलाई गिरफ्तार गरिरहेको छ । युवा पुस्तालाई देशमा गरिखाने बातावरण बनाउन छोडेर उद्योग धन्दा, कलकारखाना सञ्चालन गरिरहेका राष्ट्रिय पु“जीपतिबर्गलाई कर आतंकले सन्त्रास फैलाइरहेको छ । युवा पुस्तालाई पासपोर्टधारी दाम्लोले बाधेर बिदेशमा बेचिरहेको छ, तिनै युवाहरुले पसिना चुहाएर पठाएको रेमिटेन्सले फिर्के सलामी खानेहरु र रिवन काट्नेहरु पाल्न ठिक्क छ । सेता हात्तिहरु पाल्न बिदेशिएका युवाहरु भारतलगायत खाडी देशहरुम कोरोना कहरले अलपत्र छन्, ति युवाहरुको हारगुहारले सरकारलाई छुदैन । नेपाली किसानहरुको अवस्था उस्तै छ । लकडाउनकै बीचमा करिब ४ अर्बको तरकारी भारतबाट निर्वाध आयात गरिएको छ तर नेपाली किसानहरुको तरकारी बारीमै कुहिएको छ । कुखुरा नबिकेर किसानहरु धारासायी छन् । भारतबाट अहिलेपनि कुखुरा, माछाहरु निर्वाध आयात गरि“दैछ । केहि दिनदेखि भारतले नेपालको सिमाना अतिक्रमण गरी पिथौरागढ–लिपुलेख सडकखण्ड उद्घाटन गरेको विषयले सबै राष्ट्रभक्त नेपालीहरु आक्रोशित छन् ।

सरकार आफैले नेतृत्व गर्नुपर्ने राष्ट्रियताको आन्दोलनमा स्वःस्फुर्त सडकमा निस्केका राष्ट्रप्रेमीहरुलाई भारतकोे पाले बनेर गिरफ्तार गरिरहेको छ । प्रधानमन्त्री केपी ओली सीमा मिचेको विषय जानकारी नभएको हास्यस्पद, गैरजिम्मेवार कूतर्क गरिरहेका छन् । कमिसन कताबाट आउ“छ भनेर राम्रैसँग थाहा पाउने ओली सरकार सिमा मिचिएको बिषयमा बेखबर छ । सरकारले परराष्ट मन्त्रालयद्वारा बेवारिसे विज्ञप्ति निकालेर राष्ट्रवादी अभिनय गरिरहेको छ । जनताको आवाज थुन्ने सूचना विधेयक, राजनीतिक दलसम्बन्धि विधेयक ल्याउनुले ओली निरंकुश बन्ने प्रयत्न गरिरहेको पुष्टि हुन्छ ।

 

उल्लेखित विषयले ओली सरकार र दलाल सामाजिक पु“जीवादी व्यवस्था पूर्ण रुपमा असफल भएको पुष्टि भएको छ । विश्वको सन्दर्भमा, कोरोना महामारीले पुँजीवादी व्यवस्थाको विकल्पमा समाजवादी व्यवस्थाको अपरिहार्यता जरुर देखिएको छ । इतिहासको आवश्यकता र माग भएको बेला युवा क्रान्तिकारी विद्यार्थीहरुले उचित पहलकदमी लिएको हाम्रो विगत छ । त्यो आवश्यकता देशले आज पनि महशसुस गरिरहेको छ । तसर्थ संकटकारी ओलीे सरकार, करोडपतिहरुको कब्जामा परेको मक्किएको संसदीय पुँजीवादी व्यवस्थाको विरुद्ध सबै परिवर्तनकारी युवाहरु लाग्नुपर्ने बेला भएको छ । पुनः  ५५ औं विद्यार्थी स्थापना दिवस र ५६ एकता एवं विजय दिवसको अबसरमा विद्यार्थी तथा आम जनसमुदायमा हार्दिक शुभकामना ।

  • लेखक अखिल (क्रान्तिकारी) काठमाडाैका जिल्ला अध्यक्ष हुन्

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal