आज :

नेपाललाई भारतीय हस्तक्षेपबाट जोगाउने सात सुत्रः

काठमाडौँ । भारतले नेपालीभूमि मिचेर चीनसँग जोड्न सडक निर्माण गरेपछि देशभर विरोध भइरहेको छ । लामो समयदेखिको भारतले नेपाली भूमि मिच्दै आएको थियो । लिपुलेक मिचेर सडक निर्माण अतिक्रमण श्रंखलाको उच्च रुप हो ।

लकडाउनको बेवास्ता गर्दै मानिसहरु सडकमा उत्रिएका छन् । सडकदेखि सदनसम्म भारतीय हस्तक्षेपको विरोध भइरहेको छ । सरकारले ठोस पहल गर्न नसकेको भन्दै विरोध पनि भइरहेको छ । सुरुमा सडक निर्माणबारे आफूलाई जानकारी नभएको बताएका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अहिले सडक निर्माणको निर्णयदेखि नै नेपाललाई जानकार भएको बताएका छन् । थाहा नपाउनुभन्दा पनि थाहा पाएर पनि रोक्न प्रयास नै नगर्नु राष्ट्रघात भएको नागरिकहरुले बताउन थालेका छन् ।

भारतबाट नेपालीभूमि कसरी बचाउने भन्नेमा पनि छलफल सुरु भएको छ । सडकलेखि सदनसम्म सीमामा काँडेतारदेखि अन्तर्राष्ट्रिय अदालतसम्म जानु पर्ने कुरा उठेको छ ।

यसैबीच सरकारका पूर्वकर्मचारी महादीप पोखरेलले भारतीय हस्तक्षेपबाट जोगाउने सात सुत्र भन्दै केही विकल्पहरु अगाडि सारेका छन् । यसमा बहस र मत राख्ने काम भइरहेको छ । यी विकल्पहरुमाथि बहस होस् भनेर यहाँ प्रस्तुत गरिएको छ ।

१. नेपालको सेनापती भारतीय स्थल सेनाको मानार्थ सेनापती र भारतीय स्थल सेनाको प्रमुख नेपालको मानार्थ सेनापती हुने चलन बन्द गरियोस।

२. नेपालका भुतपुर्व सेनापतीलाई भारत सरकारले अबकाश पछिको जीवन बिताउन दिल्लीमा घर वा फ्ल्याट दिने चलन छ, त्यस्तो दान स्वीकार नगरियोस्।

३. गोर्खा भर्तीकेन्द्र तुरुन्त बन्द होस र त्याहाँ भएका गोर्खा सेनालाई फिर्ता बोलाइयोस्।

४. हतियार/ युद्ध सामाग्री, रासन/लत्ताकपडाको उच्च ब्यबस्थापन सहित कम्तीमा २५ हजार नेपाली सेना तत्काल कालापानी, लिपुलेक क्षेत्रमा खटाइयोस्।

५. नेपालले आफ्नो भुमी मिचिएको बिषय ग्राउन्डको बास्तबिकता ,पुराना लिखत/ सन्धीका कागजात सहित अन्तर्राष्ट्रियकरण गरोस, अन्तर्राष्ट्रिय अदालत जाओस्।

६. भारतिय दूतावासबाट सिँधै हुने आर्थिक सहयोग बहिष्कार गरियोस्। नेपालमा रहेर शंकास्पद गतिविधि गरिरहेका भारतियहरुलाई देश निकाला गरियोस।भारतिय दूतावास बाट अदृश्य भत्ता खाने नेपाली नागरिकहरुको खोजी गरेर राष्ट्रद्रोहको अभियोग लगाएर कारबाही गरियोस्।

७. पञ्चशिल सिद्धान्त र असंलग्न नितीमा आधारित अन्तर्राष्ट्रिय सम्बन्धको बिकास गरियोस् ।नेपाल र भारत बिच भिषा प्रणाली लागू होस,सिमनामा काँढेतार लगाइयोस्।

यो कुटनैतिक प्रयास भनेको नेपालको सन्दर्भमा झुटनैतिक प्रयास हो, तिम्रा कुटनैतिक हैसियत कत्तिको छ, कस्लाई थाहा छैन र ?
त्यसकारण आफ्नो भुमीको रक्षार्थ तुरुन्त सेनालाई आदेश देउ, जनता पनि सँगसँगै जान तयार छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal