
काठमाडौं । कोरोना भाइरससँग लड्न स्वीटजरल्याण्ड सरकारले नेपाललाई साथ दिएको छ । कोरोना परीक्षणको लािग अभाव हुँदै गइरहेको ३० हजार थान पीसीआर टेस्ट किट सरकारलाई हस्तानत्रण गरेको छ ।
स्वीटजरल्याण्ड सरकार विकास सहयोग एसडीसीले पीसीआर टेस्ट किटसहित अन्य स्वास्थ्य सामग्री विहीबार नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत नेपाल आइपुगेको थियो । उक्त स्वास्थ्य सामग्री नेपालका लागि स्वीटजरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरेकी हुन् । स्वास्थ्य सामाग्री हस्तान्त्रण गर्न क्यापलर विमानस्थलमै पुगेकी थिइन् ।
राजदूत क्यापलरले टेस्ट किट हस्तान्तरण गर्दै ३० हजार परीक्षण किटसहितको सामाग्रीले नेपाललाई कोरोना नियन्त्रण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । स्वीट्जरल्याण्डले नेपा
ल सरकारको कोभिड–१९ संक्रमण नियन्त्रण गर्न आवश्यक र महत्वपूर्ण परीक्षणलाई सुदृढ गर्न सयहोग गर्ने राजदूत क्यापलरले बताइन् ।
त्यसैगरी दूतावासले जारी गरेको विज्ञप्तिमा कोरोना रोकथाम र नियन्त्रणका प्रयासलाई निरन्तर सहयोग गर्नुको साथै स्वीस सहयोगको विकास कार्यक्रमहरुमा अनुकुलन गर्दै नेपालीहरुको राहत र पुर्नस्थाना प्रयासहरुलाई सहयोग गर्ने उल्लेख गरिएको छ ।
स्वास्थ्य सामाग्री ल्याउने जिम्मा पाएको नेपाली सेनाले समेत नल्याउँदा नेपालमा परीक्षण किटका अभाव हुँदै गएको थियो । यस्तो अवस्थामा स्वीटजरल्याण्ड सरकारले गरेको सहयोगले नेपाललाई ठूलो राहत पुगेको छ ।