
काठमाडौं । कोरोनाभाइरसबारे अध्ययन गरिरहेका एक चिनियाँ प्राध्यापकको अमेरिकामा गोली हानी हत्या गरिएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागका सहायक प्राध्यापक बिङ लीको अमेरिकामा गोली हानी हत्या गरिएको हो ।
प्राध्यापक लीको टाउको, छाती, हात खुट्टा र गर्दनमा गोली लागेको स्थानीय प्रहरीले जनाएको बीबीसीले बताएको छ । प्रहरीका अनुसार ३७ वर्षीय ली शनिबार आफ्नै घरमा हत्या गरिएको थियो ।
तर, चिनियाँ संचारमाध्यम तथा सामाजिक संजालहरुमा बिङ ली अमेरिकाको प्रयोगशालामा कोरोना भाइरस निस्किएको भन्ने पत्ता लगाउने नजिक पुगेको बताइएको छ । अमेरिकाले कोरोना फैलाएको पुष्टि हुने भएपछि उनको हत्या गरिएको चिनियाँ सामाजिक संजाल प्रयोकर्ताहरुको दाबी गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।
स्थानीय प्रहरीले भने ४६ वर्षीय सफ्टवेयर इन्जिनियर हाउ गुले उनको गोली हानी हत्या गरेको बताएको छ । उनले पनि आत्महत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार बिङ ली र हाउ गु मिल्ने साथी थिए । उनले बिङको हत्या गरेर फर्किँदा हाउ गुले कारमा आत्महत्या गरेको बताइएको छ ।
कोरोनाबारे बिङको अध्ययन नजिक पुगेको थियो । यसलाई निकै महत्वपूर्ण खोज मानिएको थियो । उनले सिंगापुरमा स्नातक र पीएचडीसम्मको अध्ययन गरेर अनुसन्धानको लागि अमेरिका गएका थिए । उनको जानाजान अमेरिकी सरकारको योजनामा हत्या गरिएको दाबी चिनियाँ नागरिकहरुले गरेका छन् ।
कोरोनाबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाउँदै गरेको आरोप र चीनको जवाफले हेर्दा यो दाबीलाई धेरै हदसम्म विश्वास गर्न सकिने बताइन्छ ।