काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीकी बर्दिया जिल्ला इन्चार्ज मिना चलाउने धामी रिहा भएकी छन् । बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले रिहा गर्ने आदेश दिएको थियो ।
सर्वोच्चको आदेशमा चलाउनेलाई बुधबार कपिलबस्तुबाट रिहा गरिएको हो ।
यसअघि प्रहरीले अदालतको आदेशलाई लत्याउँदै पुनः गिरफ्तार गर्दै आएको थियो ।
चलाउनेलाई ९ महिना पहिले प्रहरीले बर्दियाबाट गिरफ्तार गरेको थियो ।