आज :

कर्णालीलाई आत्मानिर्भरता र उज्यालो चाहिएको छः मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली प्रदेशलाई उत्पादनमा आत्मानिर्भरता र उज्यालो चाहिएको बताएका छन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणको सन्दर्भमा उर्जामन्त्री वर्षमान पुनले बुधवार आयोजना गरेको ७ वटै प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीहरुसँगको बठकमा बोल्दै मुख्यमन्त्री शाहीले कर्णालीको उक्त आवश्यकता पूरा गर्न संघीय सरकारको ध्यानाकर्षण गराए ।

कर्णालीका ५ वटा जिल्लामा अहिलेसम्म राष्ट्रिय प्रशारण लाईन नपुगेको, प्रदेश राजधानीमै पनि विद्युत आपुर्तिमा वारम्वार अबरोध भईरहेको बताउँदै मुख्यमन्त्री शाहीले समस्या सामाधानका लागि माग गरे । तत्काल राष्ट्रिय प्रशारण लाईन विस्तार गर्न नसकिने क्षेत्रहरुमा वैकल्पिक उर्जाको प्रयोग मार्फत विद्युत आपुर्तीको व्यवस्था गर्नुपर्नेमा पनि मुख्यमन्त्री शाहीले जोड दिए ।

सदरमुकाममा समेत विद्युत आपूर्ती नहुँदा सरकारी कार्यालय संचालनमा समस्या रहेको बताउँदै वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थाहरुमा समेत वैकल्पिक उर्जाका माध्यमवाट विद्युत आपुर्ती गरिनुपर्ने  मुख्यमन्त्री शाही बताए ।

कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी समेत हेरीरहनुभएका मुख्यमन्त्री शाहीले कर्णालीमा उत्पादनयोग्य कृषिभुमि प्रशस्त भए पनि सिंचाईको अभावका कारण उत्पादनमा आत्मानिर्भर हुन नसकेको तर्फ पनि उर्जामन्त्री पुनको ध्यानाकर्षण गराए ।

संघीय सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कर्णालीले उच्च प्राथमिकता पाउनुपर्ने बताउँदै मुख्यमन्त्री शाहीले औषधिय गुणसहितको कृषि उपजहरुको उत्पादकत्व वृद्धिका लागि ठूला सिंचाई योजना आवश्यक रहेको बताए ।

कर्णालीमा खाद्यान्न आपुर्तीका लागि दिईने ढुवानी अनुदानमा राज्यको अर्वौं रकम खर्च भईरहेको बताउँदै मुख्यमन्त्री शाहीले कृषियोग्य भुमिमा सिंचाई व्यवस्था भएमा कर्णालीलाई उत्पादनमा आत्मानिर्भर बनाउनुको साथै ढुवानीमा खर्च हुने रकम उत्पादनका अरु क्षेत्रमा लगानी गर्न सकिने धारणा राखे ।

संघ, प्रदेश र स्थानीय तहका सरकार विचको कार्यक्षेत्र वाँडेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिँदै मुख्यमन्त्री शाहीले योजनामा हुने दोहोरोपन हटाउन र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँन पनि सहयोग पुग्ने बताउँदै तिनवटै तहका सरकारबीच समन्वय अपरिहार्य रहेको बताए ।

नदी नियन्त्रण, सुधारिएको चुलो, घरेलु सौर्य उर्जा प्रणालीको जडानलगायतका कार्यक्रम पनि आवश्यक रहेको मुख्यमन्त्री शाहीले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal