आज :

खुकुलो बनाउने चर्चाबीच लकडाउन झन कडा, जेठ ५ गतेसम्म लम्बियो

काठमाडौं । लकडाउनलाई कसरी खुकुलो बनाउने भन्ने विभिन्न विकल्पमा चर्चाबीच सरकारले कडाईका अहिलिेकै अवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले जेठ ५ गतेसम्म अहिलेकै अवस्थामा लम्ब्याउने निर्णय गरेको हो ।

सोमबार बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिमा जोखिमका आधारमा लकडाउनलाई खुकुलो बनाउनु पर्ने प्रस्ताव गरेको थियो । यसमा प्रधानमन्त्री केपी शर्मा ओली सहमत नभएपछि अहिलेकै अवस्थालाई निरन्तता दिने निर्णय गरिएको हो ।

सर्त सहित औषधिजन्य वस्तुको उत्पादन, विक्रि वितरण, दैनिक उपभोग्य वस्तुको उत्पादन र विक्रि वितरण, निर्माणजन्य सामग्रीको ढुवानी, बैंकिङ सेवा सञ्चालन, कृषिजन्य वस्तु उत्पादन र विक्रिवितरण गर्न पाउने निर्णय गरेको छ ।

सम्बन्धित स्थानीय तहमा गठन भएको समितिबाट अनुमति लिएर कृषि तथा पशुपंक्षी सम्बन्धि, खाद्यवस्तु र अन्य बाली लगाउने भित्र्याउने काम गर्न पाउने निर्णय गरेको छ । यसैगरी फलफुल र दुग्ध जन्य वस्तुको उत्पादन र विक्रि वितरण गर्न पाउने, स्वास्थ्य सेवाका क्षेत्रहरु, भेटेनरी सञ्चालन, र पाठ्यपुस्तक विक्रि वितरण गर्ने पसल तथा ढुवानी गर्ने सवारीहरु जनक शिक्षा सामग्रीबाट अनुमति लिएर गर्न पाउने निर्णय सरकारले गरेको छ ।

तर, हिटडुललाई भने कडाइँ गरेको छ ।

अहिले नेपाल खतरामुक्त नभएको र जोखिमका आधारमा रातो, पहोलो र हरियो क्षेत्र छुट्याउने बेला नभएको बताएको भन्दै सरकारले अहिलेकै अवस्थालाई निरन्तरता दिने निर्णय गरेको छ ।

हिजो मात्रै गृहमन्त्री रामबहादुर थापाले पनि लामो लकडाउनका कारण आर्थिक संकट निम्तिने भन्दै खुकुलो बनाउनु पर्ने बताएका थिए । समितिको प्रस्ताव र मन्त्रीहरुका धारणालाई अस्वीकार गर्दै मन्त्रिपरिषद् बैठकले अहिलेकै अबस्थामा निरन्तरता दिने निर्णय गरेको छ ।

यसअघि घोषित लकडाउन भोलि सकिँदैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal