आज :

कोरोना संक्रमित ६ भारतीय निको भएपछि डिस्चार्ज, नेपालमा निको हुनेको संख्या २२ पुग्यो 

काठमाडौँ । कोरोना भाइरस संक्रमित ६ जना भारतीय नागरिक डिस्चार्ज भएका छन् । तीन पटकसम्म गरेको परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि बुधबार उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

कोशी अस्पताल बिदाई कार्यक्रसहित उनीहरुलाई डिस्चार्ज गरिएको छ । तर, पुनः संक्रमण हुन सक्ने भन्दै उनीहरुलाई घर पठाइएको छैन । बिदाई कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको उपस्थिति रहेको थियो ।

अस्पतालका अनुसार उनीहरु सबैलाई विराटनगर –१४ को रानी मर्कजमा राखिनेछ । उदयपुरको त्रियुगा नगरपालिका भुल्केस्थित मस्जिदमा बसेका भारतीय जमातीमध्ये ५ र ६ वैशाखमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अब नेपालमा कोरोनाबाट निको हुनेको संख्या २२ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal