
काठमाडौँ । वैदेशिक रोजगारको क्रममा कुवेत पुगेका ८४ जना नेपालीमा कोरोनाभाइरस संक्रमण भएको छ । दूतावासले थप ९ जनामा कोरोना संक्रमण पुष्टि गरेसँगै यो संख्या पुगेको हो ।
सोमबारसम्म कुवेतमा ८४ नेपालीसहित कुवेतमा संक्रमित हुनेको संख्या ४ हजार ९ नाघेको छ भने ३८ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १ हजार ७७६ जना उपचारपछि निको भएका छन् ।
दूतावासले कुवेतमा रहेका नेपालीलाई कोरोनाको शंका लागेमा तत्काल स्वास्थ्य परीक्षण गराउन आग्रह गरेको छ ।
कोरोना संक्रमणका कारण काममा जान नपाउँदा खानेकुरा समेत अभाव भइरहेको बताउँदै दूतावास सम्पर्क गर्न आग्रह गरेको छ ।
कुवेतमा नेपाली संक्रमितको संख्या सोमबार विहानसम्म नेपालको भन्दा बढी छ । आइतबार बाँके र पर्सामा गरी थप १६ जना नयाँ संक्रमित भेटिएसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ ।