News Portal

  • थप ६ जनामा कोरोना संक्रमण, नेपालगंजमा एकै दिन संक्रमितको संख्या १५ पुग्यो

    डबली संवाददाता२०७७ बैशाख २१ गते
    २५१ पटक

    काठमाडौं । नेपालगञ्जमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि ९ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । योसँगै नेपालगञ्जमा मात्रै आइतबार संक्रमण पुष्टि हुनेको संख्या १५ पुगेको छ ।

    नेपालगंजमा थप पुष्टि भएसँगै देशभर संक्रमितको संख्या ७५ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार थप संक्रमित हुनेमा नेपालगंज ८ निवासी १६,२१३४ बर्षका पुरुष र ४०, ५५ र ६० बर्षका महिला रहेका छन् ।

    अधिकारीका अनुसार सबैको अवस्था सामान्य छ ।

    एकै दिन १५ जना संक्रमित भेटिएपछि आवतजावतमा पूर्ण रुपमा रोक लगाइएको छ ।

    प्रतिकृया दिनुहोस्