News Portal

  • बाँके र पर्सामा गरी एकै दिन १० जनामा कोरोना संक्रमण भएको पुष्टि, अब ६९ पुग्यो

    डबली संवाददाता२०७७ बैशाख २१ गते
    २२४ पटक

    काठमाडौं । नेपालमा एकै दिन थप १० जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य जना जनसंख्यमा मन्त्रालयले आइतबार दिएको जनकारीअनुसार बाँकेको नेपालगंजमा ९ र पर्साा १ गरी १० जना नयाँ बिरामी थपिएका हुन् ।

    मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नेपालगञ्जमा ४ महिला र ५ जना पुरुषमा कोरोना भेटिएको बताए । त्यस्तै पर्साका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

    योसँगै अब नेपालमा संक्रमितको संख्या ६९ पुगेको छ ।

    प्रतिकृया दिनुहोस्