News Portal

  • बजेट अधिवेशन बैशाख २६ गतेबाट, सदनमा सांसदहरुले सामाजिक दूरी कायम गरेर बस्‍ने

    डबली संवाददाता२०७७ बैशाख २१ गते
    २४४ पटक

    काठमाडौं । सरकारले वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले वैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ ।

    धिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय पनि सरकारले गरेको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ ।

    कोरोनाभाइरसको संत्रासका कारण सामाजिक दूरी कायम गरी संसद बस्ने व्यवस्था मिलाइनेछ ।

    सरकारले आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते ल्याउनुपर्ने बाध्यता रहेको छ भने सोअघि सरकारको नीति तथा कार्यक्रम ल्याउनु पर्ने हुन्छ ।

    प्रतिकृया दिनुहोस्