
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी समिति बैठक बोलाउने निर्णय गरेको छ । शनिबार साँझ बालुवाटारमा बसेको सचिवालय बैठकले यही बैशाख २५ गते स्थायी समिति बैठक बोलाउने निर्णय गरेको हो ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समय मिलाएर संसदमा लैजाने निर्णय पनि गरेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशलगायतका विषयमा आफ्नो गल्ती भएको भन्दै आत्मालोचना गरेका थिए । स्थायी समिति बैठक बोलाउन तयार नभएका ओली सचिवालय बैठकमा कुरा मिलेपछि त्यसको लागि तयार भएका हुन् ।
प्रधानमन्त्रीले गल्ती स्वीकार गर्दै अबदेखि पार्टीको निर्देशनमा सरकारले संचालन गर्न तयार रहेको प्रतिवद्धता जनाएपछि विवाद मिलेको बताइएको छ ।