आज :

आफ्नो लाज आफै ढाकौं, गाऊँको विवाद सकभर बाहिर नल्याऊँँ: अध्यक्ष गोकुल बुढा

हुम्ला । सत्ताशिन (नेकपा) हुम्ला जिल्ला सर्केगाड गाउँकमिटीले प्रत्येक वडामा ‘कोरोना विपद् व्यावस्थान समिति’ गठन गरेर त्यसलाई प्रभावकारीरुपले परिचालन गर्ने निर्णय गरेको छ । लकडाउन भएको समयमा गाऊँ कमिटी अध्यक्ष गोकुल बुढाको अध्यक्षतामा हालै सर्केगडमा बसेको बैठकले सो निर्णय गरेको हो ।
गाउँकमिटी पार्टीको बैठकमा भरखरै भएको कर्मचारी र जन–प्रतिनिधिबीच भएको विवादले सर्केगाड गाउँपालिकाको नै प्रतिस्ठामा आँच आउने गरी अलि बढी प्रचार भएको प्रति चिन्ता व्यक्त भएको बताए ।

उनले सबै सम्बन्धित पक्षले आफ्नो लाज आफै ढाक्नु पर्ने र विवाद बाहिर नल्याउन नहुने र भावि दिनमा सतर्क हुनु पर्ने बताए । यस विषयमा सबैले चिन्ता व्यक्त गरेको बताउँदै अध्यक्ष बढाले भने,“गाउँपालिका वा कुने क्षेत्र विशेष हामी सबैको आत्म सम्मनानसँग जोडिएर आएको हुनछ, त्यसैले यस विषयमा सम्बन्धित पक्षले संयमता अपनाउने र बाहीर परचार नगरेको भए हुन्थ्यो ।”

गाउँपालिकामा भएको सो विवाद र रादेव भवन विवाद् छिटो सुल्जाउन अनुरोधका साथै स्थानिय सरकारलाई ध्यानआकर्षण गरउने विषयमा छलफल तथा निर्णय भएको कुरा अध्यक्ष बुढाले जानकारी दिएका छन् । सोही ध्यानाकर्षण पछि आज दुई पक्षबीच मेलमिलाप भएको पनि जानाइएको छ ।
गाउँपालिका भित्रका १८ सदस्यको सहभागिता रहेको सो बैठकमा कोरोना संक्रमणलाई मध्य नजर गरेर भौतिक दुरी कायम गर्दै समसामायीक विषयमा छलफल भएको अध्यक्ष बुढाले अनलाईन डबलीलाई बताएसो बैठकमा विशेषगरी विश्वभर फैलिदै गरेको कोरोनाका बारेमा जानकारी र बच्ने उपायका पारेमा प्रचार प्रसार गर्ने विषयमा सबै सहभागिको प्रतिवद्दता गरेको अध्यक्ष बुढाले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal