काठमाण्डौ सुनको भाउ आज पनि बढेको छ ।
हिजो तोलामा ७०० रुपैयाँले बढेकोसुनको भाउ आज तोलामा ६०० सय रुपैयाँले बढेर तोलाको २ लाख ७५ हजार ६०० रुपैयाँ पुगेको छ ।
हिजो सुन तोलाको २ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज पनि चाँदीको भाउ घटेको छ । हिजो तोलामा ४५ रुपैयाँले घटेको चाँदी आज २० रुपैयाँले घटेको हो ।
हिजो तोलाको ३ हजार ६७५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलाको ३ हजार ६५५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।


अनलाइन डबली

