आज :

एकै दिन चार जनामा कोरोना संक्रमण भएको पुष्टि, अब संख्या ५८ पुग्यो

काठमाडौं । नेपालमा आज थप चार जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । बारामा दुई, पर्साका एक र वीरगंजमा एक जना गरी चार जनामा कोरोना संक्रमण भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जीतपुर सिमरा नगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढका ३१ वर्षीय र वीरगञ्ज–२ छपकैयाका ४६ वर्षीय पुरुष छन् । त्यसैगरी बाराका एक जनामध्ये तीन जन दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए भने एक जना वीरगंज महानगरपालिकाका सफाई कर्मचारी भएको बताइएको छ ।

आइतबार वीरगञ्जका दुईजना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरूमध्ये वीरगञ्ज–१६ का एक जना दिल्लीको धार्मिक सभामा सहभागी भएका थिए ।

उनीहरूको प्रत्यक्ष सम्पर्कमा रहेकाहरूलाई खोजी गर्ने क्रममा छपकैयाका पुरुषलाई सिद्धार्थ माविको क्वारेन्टाइनमा राखिएको थियो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ पुगेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal