
काठमाडौँ । नेपालमा मंगलबार थप दुई जनामा कोरोनाभाइरस संक्रमित भएको भेटिको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार
रौतहटको वृन्दावन नगरपालिका ९ भुसहा र देवाही गोनाही नगरपालिका १ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
क्वारेन्टाइनमा बसेर घर फर्किएका भुसहाका २५ वर्षका पुरुषमा कोरोना संक्रमण भएको । उनी भारतको कोलकाताबाट फर्केर चन्द्रपुरको क्वारेन्टाइनमा १४ दिन बसेका थिए ।
जनकपुरबाट गएको प्रादेशिक टोलीले गरेको र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) मा नतिजा नेगेटभ देखिएपछि उनलाई घर फर्काइएको थियो । तर उनमा कोरोना संक्रमण भएको उनमा केही लक्षण देखिएपछि स्वाब संकलन गरी काठमाडौँ पठाइएको थियो । आरडिटी परीक्षणमाथि प्रश्न उठिरहेको बेला यो केश आएको छ । यसले झन् आरडिटीमाथि प्रश्न उठाएको थियो ।
त्यस्तै देवाही गोनाही १ का ३५ वर्षका क्वारेन्टाइनमै रहेका युवामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
वैशाख १२ गते काठमाडौँबाट गएको टोलीले रौतहटको ८ क्वारेन्टाइनबाट ७ महिलासहित ८३ जनाको स्वाब संकलन गरेर लगेको थियो । सोही स्वाबमध्ये दुई जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले बताएको छ ।
यसअघि रौतहटको इशनाथ नगरपालिकामा भेटिएका एक संक्रमित ठीक भएर वीरगञ्जबाट घर फर्किसकेका छन्
योसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ ।