आज :

केपी ओलीलाई हटाउन सक्ने तागत कसैसँग छैनः गोकुल बास्कोटा

काठमाडौँ । पूर्व सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन सक्ने तागत कसैसँग नभएको बताएका छन् । ७० करोड कमिसन काण्डपछि गुमनाम रहेका बास्कोटा (नेकपा)भित्र विवाद चर्किदै जान थालेपछि मिडियामा आएका छन् ।

बास्कोटाले केपी विनाको पार्टीका कल्पना गर्न नसकिने बताउँदै पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबैबाट हटाउने तागत कसैसँग नभएको बताए । उनले ओलीकै पक्षमा चुनावमा बहुमत आएकोले पाँच वर्षसम्म प्रधानमन्त्री हुने अधिकारी अरुलाई नभएको बताए ।

पूर्वमाओवादी नेताहरुलाई लक्षित गर्दै बास्कोटाले एकता नभएको भए अवस्था के हुने थियो भन्ने कुरा स्थानीय चुनावले बताइसकेको बताए ।

“तपाईँहरुले बाहिर जे भनिराख्नुभएको छ, त्यसमा मलाई रौं जति पनि विश्वास लग्दैन कि केपी ओलीलाई पार्टीबाट हटाउन त्यो तागत कसैसित भएजस्तो लाग्दैन” बास्कोटाले चेतावनी भाषामा भने, “केपी ओलीको सहमति विना ल हटोस् त, कसले हटाउँदो रैछ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal