आज :

गाउँ पुगेकालाई सिधै क्‍वारेन्टाइनमा राख्‍नुस्, नमाने प्रहरीको सहयोग लिनुस् : मन्त्री रावल

सुर्खेत । कर्णाली प्रदेश सरकारले देशका भिन्नि ठाउँमा अलपत्र परेका नागरिकहरुलाई उद्दार गर्न थालेको छ । प्रदेश सरकारले सुर्खेतबाट ३ सय बढीलाई गाउँ पठाइसकेको छ । उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने र बसाउने व्यवस्था गरेर घर पठाइएको प्रदेश सरकारले बताएको छ ।

प्रदेश सरकार सामाजिक विकासमन्त्री दल रावलले अनलाइन डबलीसँग कुरा गर्दै नागरिकहरुलाई गाउँ पठानु बाध्यता भएको बताए । रावलले सकभर जो जहाँ छन्, त्यतै सुरक्षित बस्ने ब्यबस्था गर्ने प्रयास गरिएको तर केन्द्रीय राजधानी काठमाडौंबाट हजारौं मानिस फर्किने क्रमले असहज बनाएको बताए ।

काठमाडौंबाट मन्त्री र सत्तारुढ पार्टीकै नेताहरुले लकडाउनको मर्म विपरित नै गाडिको व्यवस्था गरेर गाउँ पठाएपछि लकडाउनको अवधिमा आवतजावतको भिडले झन समस्या निम्त्यिाएको बताउँदै उनले भने,“कतिपय जिम्मेवार ब्यक्तिहरुले नै काठमाडौंबाट मानिस पठाउन थालेपछि, प्रदेशहरुमा दैनिक सयौंको ब्यवस्थापन गर्न मुस्किल भयो, त्यसैले घर जाना चाहानेहरुलाई गाउँमै पठाउनु पर्ने भयो ।”

गाउँ पुगेपछि क्वारेन्टाइनमा बस्ने मान्दैनन् भन्ने स्थानीय तहको गुनासोबारे मन्त्री रावलले १४ दिनसम्म क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता जनाएपछि गाउँ जान दिएको बताए । “हामीले प्रत्येकलाई क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित पठाएका छौं, यदि नमाने प्रहरीको सहयोग लिएर भएपनि क्वारेन्टाइनमा बसाउँन स्थानीय तहलाई निर्देशन दिएको छौं” मन्त्री रावलले भने ।

प्रदेश सरकारले सोमबार मात्रै हुम्लाका सिमकोट गाउँपालिकाको १ जनासहित सर्केगाड, अदान्चुली, खार्पुनाथ, चंखेली र ताँजाकोट गरी ६ ओटै गाउँपालिकाका बासिन्दाहरुलाई घर गाउँ पुर्याएको (नेकपा) का जिल्ला सचिबालय सदस्य छवि थापाले बताए । उनीहरुमा सबैभन्दा विद्यार्थी पनि रहेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal