आज :

किर्तिपुरमा विद्यार्थी कुटिएको घटनाबारे अखिल क्रान्तिकारीको विज्ञप्ति, दियो यस्तो चेतावनी

काठमाडौँ । नगरप्रमुखको योजनामा किर्तिपुरमा विद्यार्थी कुटिएको भन्दै अनेरास्ववियु (क्रान्तिकारी) ले विरोध जनाएको छ । किर्तिपुर नगरपालिकाले विद्यार्थीलाई राहत नदिने सूचना पनि निकाल्ने विद्यार्थीहरुले नै संकलन गरेको राहत वितरण गर्न नदिने कार्यको अखिल क्रान्तिकारीको आपत्ति जनाएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निटक अखिल क्रान्तिकारीका उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर बिकले सोमबार विज्ञप्ति जारी गर्दै नगरप्रमुखकै योजनामा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु हेमराज थापा, ललिजंग रावललगायतका विद्यार्थीमाथि निर्घात कुटपिट गरेको भन्दै दोषीलाई कारवाही गर्न माग गरेको छ । उनले दोषीलाई कारवाही नगरिए प्रतिरोध उत्रिन विद्यार्थीहरुलाई अपील समेत गरेका छन् ।

“काठमाडौको किर्तिपुर नगरपाललिकाले विद्यार्थीलाई राहत बितरण गर्न नसक्ने भन्दै सूचना जारी गरेको थियो । उक्त नगरपालिकाले बिद्यार्थीहरुलाई राहत बितरण नगरेपछि त्रिभुवन बिश्वबिद्यालयका केही बिद्यार्र्थीहरुको पहलमा त्यस न.पा.भित्र डेरामा बस्ने बिद्यार्थीहरुलाई राहत बितरण भइरहेकोमा नगरप्रमुखकै षड्यन्त्रमा राहत बितरण कार्य रोक्न गुण्डा र प्रहरी दबैलाई परिचालन गरि त्रिभुबन विश्वबिद्यालयका विद्यार्थीहरु हेमराज थापा, ललीजंग रावललगायतका माथि सडकमै निर्घात कुटपीट गरि घाइते बनाएको छ । नगरप्रमुखको यस प्रकारको निच, घटिया एवम् घृणास्पद कार्यकोे हाम्रो संगठन घोर निन्दा ब्यक्त गर्दछ र दोषीलाई कारवाहीको माग गर्दछौं । साथै, नगरप्रमुखको यस्तो घृणीत एवम् गुण्डा गर्दी रबैयाको प्रतिरोध गर्न हामी सबै बिद्यार्थीहरुलाई अपिल गर्दछौं” विज्ञप्तिमा भनिएको छ ।

संयोजक बिकले संकटमा विद्यार्थीको अभिभावक बन्नुपर्ने बेला सत्ता र शक्तिको दुरुपयोग गरी विद्यार्थीलाई कुटपिट गर्न लगाउने नगरप्रमुखमाथि छानविन गरी कारवाहीको माग गरेका छन् । उनले लकडाउनको मारमा परेका विद्यार्थीहरुलाई राहत उपलब्ध गराउन समेत माग गरेका छन् । “संकटको यस घडीमा सबैका लागि अभिभाबकीय भूमिका निभाउनुपर्ने बेला सत्ता र शक्तिको दुरुपयोग गरी बिद्यार्थीहरुलाई कुटपीट गर्ने गराउने किर्तिपुर नगरपालिकाका प्रमुखमाथि छानबिन गरि कडा कार्बाही गर्न हाम्रो संगठन प्रहरी प्रशासनसँग जोडदार माग गर्दछ । साथै लकडाउनको मारमा परेका पीडित बिद्यार्थीहरुलाई तत्काल राहत उपलब्ध गराउन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal