आज :

अनेमसंघ (क्रान्तिकारी)का अध्यक्ष चन्दलाई पुनः गिरफ्तार गरेर कपिलबस्तु पुर्‍याइयो

काठमाडौँ । अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)की केन्द्रीय अध्यक्ष बन्धु चन्दलाई रिहा गरेलगत्तै प्रहरीले पुनः गिरफ्तार गरेको छ । आइतबार जिल्ला प्रशासन दाङले रिहा गर्न आदेश दिए पनि प्रहरीले परिसरबाटै पुनः गिरफ्तार गरेको थियो ।

विप्लव नेतृत्वको नेकपा निकट अनेमसंघ (क्रान्तिकारी)की अध्यक्ष चन्दलाई प्रहरीले कपिलवस्तु लगेको छ ।

नेतृ चन्दलाई नेकपामाथि प्रतिबन्ध लगाउनु पहिले २०७५ फागुन ११ गते अछामबाट गिरफ्तार गरेको थियो । चन्दलाई अछाम, बाँके, बर्दिया, कैलाली, पुनः बर्दिया, पुनः बाँके हुँदै दाङका जेल र हिरासतमा राखिएको थियोे । उनलाई यसरी पटकपटक गिरफ्तार गरी जेल र हिरासतमा राखिरहने कुनै पनि प्रमाण नभेटिएको भन्दै पटकपटक जिल्ला प्रशासन कार्यालयहरुले छोड्न आदेश दिँदै आएका भए पनि माथिको आदेश भन्दै प्रहरीले बारम्बार गिरफ्तार गरिरहेको छ ।

बन्धुका छोरा प्रतीक चन्दले दायर गरेको रिटमा सर्वोच्च अदालतले पनि कारण देखाऊ आदेश जारी गर्दा बन्दीलाई स्थान परिवर्तन नगर्नु भनी आदेश दिएको छ । तर अदालतको आदेशविपरीत ठाउँ परिवर्तन गरी कपिलवस्तु लगिएको छ ।

कता लगियो भन्ने परिवारका सदस्यहरुलाई प्रहरीले कुनै जानकारी दिएको छैन । तर, प्रहरी स्रोतका अनुसार सोमबार नै नेतृ चन्दलाई कपिलबस्तु पुर्याइएको छ । यसअघि उनलाई दाङको घोराही वडा प्रहरी कार्यालयमा राखिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal