आज :

वीरगञ्‍जमा थप दुई जनामा कोरोना, चार जना निको भएर घर फर्किदै

काठमाडौँ । वीरगन्जमा थप २ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टी भएको छ । वीरगन्ज महानगर वडा नम्बर २ र ३ का दुई पुरुषमा पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो ।

यसअघि कोरोना संक्रमित तीन भारतीय जमातीसँगको सम्पर्कमा रहेका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

ती मध्ये वीरगन्ज–३ छपकैयाका ४९ वर्षीय पुरुषलाई प्रहरीले नारायाणी अस्पताल वीरगन्जमा ल्याएको छ । उनी वीरगन्ज महानगरको सरसफाइ शाखामा कार्यरत कर्मचारी रहेका छन् । अर्का वीरगन्ज–२ घुसुकपुरका ५५ वर्षीय पुरुषलाई पनि अस्पताल लगिएको छ ।
योसँगै नेपालमा अब संक्रमितको संख्या ५१ पुगेको छ ।

यसैबीच वीरगंजमा कोरोना संक्रमण भएपछि उपचार गराइरहेका चारजनालाई निको भएको छ । कोरोनाभाइरुस संक्रमणको पुष्टी भएपछि नारायणी अस्पतालको आइशोलेसनमा राखिएका ५ मध्ये ४ जनलाई निको भएको छ । तीन भारतीय मुस्लिम जमाती र रौतहटका १ युवक गरी ४ जनालाई डिस्चार्जको तयारी भइरहेको छ ।

चारै जनाको तेश्रो र चौथो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य अवस्था पनि सामान्य भएकाले उनीहरुलाइ डिस्चार्ज गर्न लागिएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal