आज :

कोरोना पोजेटिभ देखिएकी युवतीको मृत्यु

काठमाडौँ । कोरोनाभाइरस पोजेटिभ देखिएकी युवतीको मृत्यु भएको छ । वीरगंज–अशोक बाटिका बस्ने २३ वर्षीय ती युवतीमा र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण गर्दा कोरोनाभाइरस पोजेटिभ देखिएको थियो ।

आरडीटी पोजेटिभ देखिएपछि उनको थ्रोट स्वाबको नमूना संकलन गरी हेटौंडा प्रयोगशाला पठाइएको थियो । केही आरडीटी परीक्षणमा पोजेटिभ देखिएका धेरै केशमा नेगेटिभ आएकोले अहिले नै कोरोना संक्रमणबाट मृत्यु भएको भन्न नसकिने चिकित्सकहरु बताउँछन् । उनको शव नारायणी अस्पतालमा राखिएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायका अनुसार आरडीटीबाट पोजेटिभ देखिएपछि युवतीलाई आइसोलेसनमा राख्ने तयारी गर्दैगर्दा मृत्यु भएको थियो । उनी ब्लड क्यान्सरको बिरामी भएको जानकारी आएको उपाध्यायले बताए ।

स्वास्थ्यमा समस्या देखिएपछि युवतीलाई ०७६ चैत ५ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो । अस्पतालमा जाँचपछि ब्लड क्यान्सर भएको प्रमाणित गर्दै प्रारम्भिक उपचारपछि चैत ९ गते डिस्चार्ज गरिएको थियो ।

लकडाउन सुरु भएको दुई दिनदेखि स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि एडभान्स अस्पताल लगिएको थियो । त्यसपछि नेशनल मेडिकल रिफर गरेको थियो । तर नेशनल मेडिकल कलेजले भर्ना लिन मानेन ।

तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएकी युवतीको नारायण अस्पतालले आरडीटी परीक्षण गरेको थियो । रिपोर्ट पोजेटिभ आएपछि आईसोलेसनमा राख्ने तयारी भइरहँदा उनको शनिबार मृत्यु भएको हो ।

युवतीको परिवारलाई होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।

  • सांकेतिक तस्विर

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal