आज :

बैशाख ३ गतेसम्म आन्तरिक हवाई सेवा बन्द

काठमाडौं । आन्तरिक हवाई सेवा बैशाख ३ गतेसम्म बन्द हुने भएका छन् । कोरोनाभाइरसको संक्रमणलाई ध्यानमा राखेर नेपालका आन्तरिक हवाई सेवा पनि बैशाख ३ गतेसम्म बन्द हुने भएका हुन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायुसेवा कम्पनीलाई वैशाख ३ गतेसम्म नियमित हवाई सेवा बन्द हुने जानकारी दिएको छ । यसअघि बाह्य उठान बैशाख ३ गतेसम्मलाई बन्द गरिएका थिए । प्राधिकरणको परिपत्रअनुसार अब आन्तरिक उडान पनि सोही मितिसम्म बन्द हुने भएका छन् ।

कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गरेका निर्णयअनुसार नै बन्द गरिएको बताइएको छ । प्राधिकरणले मंगलबार सबै वायुसेवा कम्पनीहरुलाई परिपत्र पठाइएको छ ।

चैत्र २५ गतेसम्म लकडाउन नै रहने र त्यो बाँकी अवधिमा पनि हवाई सेवा संचालन नगर्ने समितिले निर्णय गरेको छ । यो अवधिमा आकस्मिक अवस्थामा चार्टर्ड फ्लाइट, मेडिकल फ्लाइट, एयर एम्बुलेन्स तथा आकस्मिक अन्य उडान मात्रै हुने प्राधिकरणले जनाएको छ ।

तर, निर्णय सार्वजनिक गर्ने क्रममा भनिएको थियो, ‘हवाई उडानका सन्दर्भलाई अहिले जुन व्यवस्था छ, सोही अनुसार १५ अप्रिलसम्म स्थगित गर्ने निर्णय भएको छ ।’ त्यसबेला राष्ट्रिय वा अन्तर्रा्ष्ट्रिय खुलाइएको थिएन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal