आज :

ज्वरो-निमोनिया भएकी युवती र भारतबाटआएका युवाको वीर अस्पतालमा मृत्यु, कोरोनाको आशंका

काठमाडौं । वीर अस्पतालमा दुईजनाको मृत्यु भएको छ । निमोनियको बिरामी युवतीलाई आइतबार अस्पताल भर्ना गरिएको थियो ।

अस्तापलको आईसीयूमा भर्ना गरिएकी युवतीलाई निमोनिय भएको बताइएको छ । आजै अस्पतालमा पुर्याइएका एक अर्का युवाको पनि मृत्यु भएको छ । उनलाई बेहोस अवस्थामा पुर्याइएको अस्पताल स्रोतले बताएको छ ।

परिचय नखुलाइएकी ती युवती काठमाडौँको चन्द्रागिरी नगारपालिकाबाट अस्पताल ल्याइएको बताइएको छ । उनलाई ज्वरो र निमोनिय भएको थियो ।

त्यसैगरी अर्का युवा केही दिन पहिले भारतबाट नेपाल फर्केका थिए । भारतमा कोरोनाको आतंक फैलिएसँगै उनी नेपाल फर्केका थिए । उनी कालिमाटीमा बस्दै आएको बताइएको छ । भारतबाट फर्केको १४ दिन नपुगेको अस्पतालले बताएको छ ।

कोरोना संक्रमण भएको आशंकामा दुबै जनालाई कोरोना संक्रमण भए नभएको परीक्षण गर्न नमूना संकलन गरेर टेकुस्थित प्रयोगशाला पठाइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal