आज :

कोरोनाबाट मृत्यु हुने पहिलो नेपाली पाँचथरका अनिल सुब्बा

काठमाडौँ । कोरोनाभाइरस संक्रमणबाट पहिलो पटक एकजना नेपालीको मृत्यु भएको छ । अमेरिकामा बस्दै आएका एक नेपालीको पहिलो पटक मृत्यु भएको हो ।

पाँचथरका अनिल सुब्बाको सोमबार न्यूयोर्कमा अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । ५० वर्षीय अनिल श्रीमती, एक छोरा र दुई छोरीसहित उनी अमेरिकामा बस्दै आएका थिए ।

अमेरिका, बेलायत, यूएई, अष्ट्रेलियमा रहेका नेपालीमा कोरोना संक्रमण भएपनि अनिलको पहिलो पटक मृत्यु भएको छ । नेपालमा पनि संक्रमण देखिएको छ तर अहिलेसम्म मृत्यु भएको पुष्टी भएको छैन ।

मंगलबार चितवनस्थित कोरोना विशेष अस्पतालमा एकजनाको मृत्यु भएको छ तर उनको के कारणले मृत्यु भएको पुष्टी हुन सकेको छैन । उनको रिपोर्ट आउन बाँकी छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal