आज :

तीन बालबालिकमा कोरोनाको आशंका, आइसोलेसनमा भर्ना

काठमाडौं । तीन बालबालिकामा कोरोनाभाइरसको आशंका गरिएको छ । उनीहरुलाई आईसोलेसनमा राखेर उपचार थालिएको छ । उनीहरुलाई कान्ति बाल अस्पतालको आइसोलेसन वर्डमा भर्ना गरिएको छ ।

अस्ताल स्रोतका अनुसार आइतबार एकजना र सोमबार दुई बालबालिकामा कोरोनाको आशंकामा अस्पताल पुर्याइएको थियो ।
अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार कोरोनाको आशंकामा आइतबार भर्ना भएका १४ वर्षीय बालक र सोमबार भर्ना भएका बालकहरु साढे चारचार वर्षका छन् ।

तीनै जनाको आइसोलेसनमा राखेर उपचार भइरेको छ । ती बालकका अभिभावक कोरोना प्रभावित देशबाट स्वदेश फर्किएका थिए । घर फर्केको १४ दिन नपुगेकोले बालबालिकालाई कोरोना संक्रमण भएको आशंका गरिएको हो ।

आइतबार आइसोलेसनमा भर्ना भएका बालकका बाबु दुबइबाट फर्किएका र सोमबार भर्ना भएका एक बालका काका चीनबाट र एक बालका बाबु कतारबाट फर्किएको बताइएको छ ।

त्यसपछि उनीहरुमा कोरोनाका लक्षणसँग मिल्दोजुल्दो लक्षण देखिएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal