आज :

प्रधानमन्त्री ओली आजै अस्पताल भर्ना हुने, भिडियो सन्देश दिने तयारी 

काठमाडौं । प्रधानमन्त्री केपी ओली आज अस्पताल भर्ना हुने भएका छन् । दोस्रो पटक मृर्गौला प्रत्यारोपणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुन लागेका हुन् ।

फागुन २१ गते ओलीको मृर्गौला प्रत्यारोपणको तयारी भएको छ । त्यसको लागि शिक्षण अस्पतालको विशेषज्ञ टोली खटिएको छ ।

अस्पताल जानुअघि प्रधानमन्त्री ओलीले भिडियो सन्देश दिने भएका छन् । उनले आफ्नो स्वास्थ्यको जानकारीको साथै अन्य केही विषयलाई समेटेर भिडियो सन्देश दिने तयारी भइरहेको छ ।

प्रधानमन्त्री ओलीले १२ वर्ष पहिले मृर्गौला प्रत्यारोपण गरेका थिए । त्यतिबेला भाई बुहारीले मृर्गौला दिएकी थिइन् भने अहिले नातिनीले दिने भएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal