आज :

माइला लामासहित नेकपाका चार नेतालाई रिहा गर्न आदेश

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामासहित चार नेतालाई रिहा गर्न अदालतले आदेश गरेको छ । पाटन उच्च अदालतले मालासँगै नेकपा केन्द्रीय सदस्य नविन विश्वकर्मा, नेतृ धिरिन्द्रा उपाध्यय र इश्वर परियारलाई धुनामा राख्ने ललितपुर जिल्ला अदालतको आदेश बदर गरेसँगै रिहा हुने बाटो खुलेको हो ।

ललितपुर जिल्ला अदालतले एनसेलमा विस्फोट गराएको घटनामा र राज्य विरुद्धको अपराधमा दोषी ठहर गर्दै पुर्पक्षामा पठाउने फैसललाई उच्च अदालतले बदर गर्दै नेताहरुलाई रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत ललितपुरको आदेशविरुद्ध उनीहरुका परिवार उच्च अदालत गएका थिए । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले विहीबार चारै नेता निर्दोष ठहर गर्दै रिहा गर्न आदेश दिएको छ ।

उनीहरुलाई विभिन्न समयमा प्रहरीले गिरफ्तार गरेको थियो । ललितपुर जिल्ला अदालतले पुर्पक्षाको लागि भन्दै नख्खु कारागारा चलान गरेको थियो ।

पीडितको तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिबक्ताहरु कपिलचन्द्र पोखरेल, कान्तिराम ढुंंगाना, खिमानन्द अधिकारी, रामकृष्ण भण्डारी ,वासुदेव तिवारी, चूडाबहादुर निरौलाले बहस गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal