आज :

राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र बंगलादेशको संसदीय टोलीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका बंगलादेशको संसदीय टोलीले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ ।

बंगलादेश संसदको दलित र अल्पसंख्यक आदीवासीसँग सरोकार राख्ने समितिका सभापति मनोरञ्जन शिल गोपाल नेतृत्वको टोली र अध्यक्ष तिमिल्सिनाबीच सिंहदरबारमा भेटघाट भएको हो ।

नेपालको संसदीय अभ्यास तथा दलित, आदिवासी र अल्पसंख्यकको प्रतिनिधित्व तथा अधिकारबारे अध्ययन गर्ने उद्देश्यसहित प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएको हो ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले दलित, आदिवासी र अल्पसंख्यकबारे नेपालको संविधानले विशेष अधिकार प्रदान गरेको उल्लेख गरे । उनले संघ, प्रदेश र स्थानीय तहसम्म सो समुहको प्रतिनिधित्व सुनिश्चित गरिएको जानकारी दिए ।

अध्यक्ष तिमिल्सिानले नेपाल र बंगलादेशबीच थुप्रै समनाता रहेको बताउँदै यो भ्रमणबाट नेपालीको जीवनशैली, विकास, दलित तथा आदिवासीको अवस्था र अधिकारबारे जानकारी लिन उपलब्धीमुलक हुने विश्वास व्यक्त गरे ।

बंगलादेशको प्रतिनिधिमण्डलको तर्फबाट बोल्दै सभापति मनोरञ्जन शिल गोपालले नेपालले दलित र आदिवासीका अधिकारबारे गरेको कानुनी व्यवस्था प्रशंसा योग्य रहेको बताए ।

उनले बंगलादेश सरकार दलित, अल्पसंख्यक तथा पिछडिएका वर्गको अधिकार र जीवनस्तर सुधारका लागि लागि परेको पनि बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal