आज :

निर्वाचन आयोग राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारीमा केन्द्रित

काठमाडौं । निर्वाचन आयोगले आफ्नो सम्पूर्ण ध्यान आगामी माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा केन्द्रित रहेको जनाएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीको काम तीव्ररुपमा अघि बढिरहेको आयोगका सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिए । उक्त निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत तोकेर आयोगले अभिमुखीकरण प्रदान गरेको छ ।

यही पुस १५ गते सम्बन्धित जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । उक्त निर्वाचनका लागि यही पुस २० गते उम्मेदवारले मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।

उक्त निर्वाचनमा भाग लिने ११ राजनीतिक दललाई आयोगले चुनाव चिह्न प्रदान गरिसकेको छ । ५९ सदस्यीय राष्ट्रियसभा सदस्यमध्ये एकतिहाइको प्रत्येक २ वर्षमा पदावधि सकिन्छ ।

आगामी फागुन २० गते पदावधि सकिने १९ जनामध्ये १८ सदस्यको निर्वाचनद्वारा चयन हुनेछ । एक जनाको भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन हुनेछ ।

उक्त निर्वाचनका लागि सात प्रदेशमा प्रदेशसभा सदस्यतर्फका ५ सय ५० र स्थानीय तहतर्फका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख १ हजार ५ सय ६ गरी कूल जम्मा २ हजार ५६ मतदाता कायम रहेका छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal